• Sunday, April 13, 2025

समाचार

उड्डयन क्षेत्रका नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने विधेयक अर्थको स्वीकृति पछि कानुनमा पुग्यो

काठमाडौँ, भदौ १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । सो सहमति पछि विधेयक कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेको छ । नागरिक उड्डयन सम्बन्धी मौजुदा ऐनमासेवा प्रदायक र […]


विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई

काठमाडौँ, भदौ १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका विषयहरूको सन्दर्भमा जवाफ दिनुहुँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको हो । ‘‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ । विश्वविद्यालयमा योग्यता प्रणालीको सुरुवात भएको थियो । […]


नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपियाँ भन्दाबढी अनुदान सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, भदौ १२ गते । नेपाल सरकार र बेलायत सरकारबिच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलता तथा समावेशिता” कार्यक्रमको लागि करिब ६.५ अर्ब नेपाली रुपियाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह […]


जापानले नेपाललाई ४२ करोड रुपियाँ बराबरको छात्रवृत्ति अनुदान दिने

काठमाडौ, भदौ १२ गते । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपियाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारको तर्फबाट नेपालका […]


आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

चौतारा, भदौ ११ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए । जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु […]


आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको सो विश्वविद्यालयको १५ औँ सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको राज्य […]


सरकारी जागिर छाडेर बाबुछोरा कागज उद्योगमा

घोराही, भदौ १० गते । दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी […]


वैदेशिक रोजगारीमा रहेका १३ सयभन्दा बढी नेपालीको मृत्यु

काठमाडौँ , भदौ १० गते । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । […]


तावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ

काठमाडौँ, भदौ ९ गते। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ। सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताउनुभयो। त्यस्तै उहाँले विकास निर्माणको काममा ढिलाइ हुने अव्यवहारिक कानुनी व्यवस्था […]


विद्युतीय प्रणालीमा १९ लाखभन्दा बढी कृषक घरधुरी सूचीकृत

काठमाडौँ, भदौ ९ गते। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर १९ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जनाएको छ । आइतबार पत्रकारसँगको भेटघाटमा मन्त्री रामनाथ अधिकारीले देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये १९ लाख २४ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जानकारी गराएका हुन् । किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter