• Wednesday, April 23, 2025

समाचार

फेवाताल अतिक्रमण : सर्वोच्चका दुई फैसला कार्यान्वयन रोक्न माग गरिएको रिटमा भएन अन्तरिम आदेश

काठमाडौँ, असार ६ गते । सर्वोच्च अदालतले फेवातालको फैसला कार्यान्वयन रोक्न माग गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सर्वोच्चले यसअघि गरेका दुई फैसला कार्यान्वयन गर्न अन्तरिम आदेश जारी नगरेपछि सरकारलाई फैसला कार्यान्वयनको बाटो खुलेको छ […]


वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, असार ५ गते। वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले १० बुँदे ज्ञापनपत्र बुझाएको हो । व्यवसायी र कामदारका विरुद्ध हुने ढिलासुस्ती, एकाधिकार तथा सबै प्रकारका सिन्डिकेटहरूको अन्त्य गर्दै यो क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका […]


जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना आवश्यक : मन्त्री शर्मा

काठमाडौँ, असार ५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी) को बैठक आह्वान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन […]


संवैधानिक परिषद् बैठक : निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौँ, असार २ गते। संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ। सभामुख देवराज घिमिरेको निजी सचिवालयका अनुसार बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्त सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय […]


एकल तथा विपन्न महिलालाई जनै बनाउने तालिम

राममणि दाहाल / हेटौँडा, असार २ गते। एकल तथा विपन्न महिलाको आयआर्जनमा वृद्धि गर्न सहयोग पुर्याउन जनै बनाउने तालिम प्रदान गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयको आर्थिक सहयोगमा हेटौँडा ७ स्थित नागस्वतीमा हिन्दु धर्माबलम्बीले प्रयोगमा ल्याउने जनै बनाउने तालिम आयोजना गरिएको हो। जनै विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र […]


केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो काम गर्नु हो : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ, असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपासँग आम नागरिकहरूको ठुलो आस रहेको भन्दै रास्वपाले सरकारमा गएको सय […]


काठमाडौँमा रुसी कविताको प्रस्तुति

काठमाडौँ, असार १ गते । रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको आज काठमाडौँमा प्रस्तुति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रममा नेपाली र रुसी दुवै भाषा-साहित्यमा सक्रिय स्रष्टाहरू डा.जङ्गल चौहान र जुगल भुर्तेलले ती कविताको प्रस्तुति गर्नुभएको हो । उहाँहरूले कतिपय कविता रुसी भाषामै […]


मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा जोड

जनकपुरधाम, जेठ ३२ गते । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताउनुभएको छ । आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले पार्टीबाट […]


९ हजार बिगाहा जमिन अतिक्रमणको अप्रेसन गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौँ, जेठ ३२ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब नौ हजार जमिन अतिक्रमणको विग अप्रेसन सुरु गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले लगभग नौ हजार बिगाहा जमिन हिनामिना भएको रिपोर्ट आएको भन्दै बिग अप्रेसन सुरु गर्न लागेको जनाएका हुन् । ‘बृहत्तर जनकपुर क्षेत्रको करिब नौ […]


साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, यी आधा दर्जन कागजपत्रको पनि काम गर्ने

निकेश खत्री / काठमाडौँ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो । तयार […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter