
भोजपुर, जेठ ११ गते । टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ । असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उहाँले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय हुनुहुभएको छ । “यहाँ घुम्न आउने आन्तरिक तथा […]

काठमाडौँ, जेठ ११ गते। शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो। छलफलपछि बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताउनुभयो। उहाँले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल […]

काठमाडौँ, जेठ १० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने स्पष्ट गर्नुभएको छ । काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र […]

काठमाडौँ, जेठ १० गते । नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा (प्रवेशाज्ञा) अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कासँगको कुराकानीपछि बिहीबार खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका […]

काठमाडौँ, जेठ ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गते टुँडिखेल जारी रहेको सीप मेलाको बुधबार उनले अवलोकन गरेका हुन् । सीप मेलाको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री अर्यालले ७५३ स्थानीय तहहरूले आवश्यकता अनुसारका मेलाहरू आयोजना गर्नुपर्ने बताए […]

काठमाडौँ, जेठ ९ गते । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरुरी छ भन्नुभयो । जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता […]

काठमाडौँ, जेठ ८ गते । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना-रिक्का हेक्काले हस्ताक्षर […]

काठमाडौँ, जेठ ८ गते । सरोकारवालाहरूले मुक्त हलिया, कमैया, कमलरी, हरवा चरवाहरूको न्यायोचित पुनर्स्थापनाको विषयलाई सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । सरकारको नीति, कार्यक्रम तथा बजेटमा मुक्त कमैया, कमलरी, हलिया, हरवा चरवाहरुको न्यायोचित पुनर्स्थापनाको सम्बोधन गर्न नसकेको सरोकारवालाहरूले गुनासो गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णु थारुले मुक्त कमैया, कमलरी थारु […]

चाँदनी आचार्य / कैलाली, जेठ ६ गते । कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा […]

कोकिला ढकाल / इलाम, जेठ ७ गते । चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माणको काम जारी छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमा स्थापना गर्न जग्गा प्राप्तिसँगै भौतिक संरचनाको काम थालिएको हो। अहिले सम्ममा प्रशासनिक […]