
काठमाडौँ, जेठ ६ गते । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको […]

चितवन, जेठ ६ गते । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताए । उनले प्राकृतिक र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, […]

सुर्खेत / जेठ ५ गते । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णाली गरिब मात्र होइन अथाह सम्भावना भएको प्रदेशका रूपमा आफूले चिन्ने गरेको बताएका छन्। कर्णालीको जडीबुटी, बहुमूल्य ढुङ्गाहरू बेचेर नै धनी हुने सम्भावना रहेको उनको भनाई छ। शनिबार वीरेन्द्रनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सम्भावना नै सम्भावनाको […]

गोरखा / जेठ ५ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिनुभयो । “चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, […]

काठमाडौँ / जेठ ४ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्री शर्माले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको […]

बझाङ / जेठ ४ गते । सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बिचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भीमलका रुखहरु । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका-६ त्याडीगाउँ […]

रुपन्देही / जेठ ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले नेपाल दुई ठुला अर्थतन्त्र भएको राष्ट्रबिच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा भैरहवामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठुला अर्थतन्त्र भएका चीन र भारतबिच रहेको नेपालले आफ्नो आर्थिक […]

काठमाडौँ, जेठ ३ गते । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीले २२ औँ आमरण अनसन तोड्नुभएको छ । केसीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ औँ अनसन तोडेको जानकारी दिनुभएको हो । उहाँले छैटौँ दिनमा द्वन्द्व पीडितहरू भानुप्रताव साह, उज्वलकुमार श्रेष्ठ र सावित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोड्नुभएको छ । डा. केसी […]

दाङ / जेठ २ गते । रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ती किशोरी छागाबाट खसेजस्तै भइन् । “विवाहबारे कल्पनासमेत गरेकी थिइनँ । भर्खर आठ कक्षा पढ्दै गरेकी मलाई त्यो कुरा सुन्दा कस्तो भयो होला! त्यसैमा […]

काठमाडौँ, जेठ २ गते । सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादवले सोमबार […]