• Sunday, May 04, 2025

समाचार

ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्ष लाग्छ : मन्त्री महासेठ

काठमाडौँ, वैशाख २० गते। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्सको समस्या पूर्ण रूपमा समाधान गर्न अझै एक वर्षको समय लाग्ने बताउनुभएको छ। बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विगत ८/९ महिना यता नेपालमा लाइसेन्सको ठुलो समस्या रहेको उल्लेख गर्दै अहिले एक महिना यता दिनको चारदेखि पाँच […]


सरकारलाई बलियो बनाउने विधेयक अगाडि बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, वैशाख २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई बलियो बनाउने गरी विधेयक अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार बलियो हुनुपर्ने धारणा राख्नुभयो […]


नेपालको टी–२० विश्वकप टोली घोषणा

काठमाडौँ, वैशाख १९ गते । आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा सागर ढकाल र कमलसिंह ऐरीलाई स्थान दिइएको छ । १५ सदस्यीय खेलाडीमा कप्तान रोहितसँगै आशिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, […]


पशुपति आर्यघाटको विद्युत शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ, वैशाख १९ गते । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो । निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको […]


काठमाडौँ महानगरको गौरव योजना; आइटीदेखि सेनिटरी प्याड मेकिङ तालिमसम्म

सपना थामी / काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत वैशाख १९ गतेदेखि एक महिने सीप मेला आयोजना हुँदैछ । महानगरका रोजगार संयोजक देवेन्द्र केसीका अनुसार वार्षिक रूपमा १५ हजारलाई तालिम र पाँच हजारलाई रोजगारी दिने उद्देश्यले बृहत् सीप मेला टुँडिखेलमा आयोजना हुन लागेको छ । […]


उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयले विशेष योजना बनाउनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, वैशाख १८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकको उच्च शिक्षा सुधारका लागि विश्वविद्यालय विशेष योजना बनाएर लाग्नुपर्ने बताउनुभएको छ। नेपाल संस्कृत विश्वविद्यालयको ७६ औँ सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयले विशेष योजना बनाउनुपर्दछ। उच्च शिक्षा अध्ययनका लागि दिनहुँ हजारौँ विद्यार्थीले देश छोडिरहेका छन्। यसलाई रोक्न विश्वविद्यालयले […]


जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

काठमाडौँ, वैशाख १७ गते । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । सरकारले १७ हजार तीन सय न्यूनतम पारिश्रमिक तोकेको छ । काठमाडौँमा […]


दलको सदस्यबाट धमाधम राजीनामा दिँदै शिक्षकहरू

काठमाडौँ, वैशाख १७ गते । विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गरिरहेकाे शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट राजीनामा दिन थालेका हुन् । शिक्षामन्त्री सुमना श्रेष्ठले २०८१ वैशाख ४ गते मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दलको सदस्य भएको खण्डमा […]


यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभएको छ । मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका […]


प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर नहिँड्न मन्त्रालयको आग्रह

काठमाडौं, वैशाख १६ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले अनावश्यक रुपमा घरबाहिर हिडडुल नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै वायु प्रदूषण र तातो हावाबाट बच्न अनावश्यक घरबाहिर हिडडुल नगर्न आग्रह गर्नुभएको हो। तराईमा तातो हावा र लू लाग्ने उच्च सम्भावना भएकोले तातो हावा लाग्ने समयमा अनावश्यक बाहिर हिडडुल नगर्न आग्रह गर्नुका […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter