• Sunday, May 04, 2025

समाचार

खराब नतिजा बिर्सेर वेस्ट इन्डिजविरुद्ध अगाडि बढ्छौं : कप्तान रोहित

काठमाडौं, वैशाख १४ गते। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० श्रृंखलामा ध्यान केन्द्रित रहेको धारणा राख्नुभएको छ। नेपालले शनिबारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृंखला खेल्न लागेको हो। शुक्रबार श्रृंखला अघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट […]


उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न आयोगको अपिल

काठमाडौं, वैशाख १४ गते । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले सबै मतदातामा अपिल गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेले जारी गर्नुभएका विज्ञप्तिमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानमा तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न आग्रह गरिएको […]


निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन; ‘१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धि प्राथमिकतामा पर्नुपर्छ’

काठमाडौं, वैशाख १३ गते । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा आज अर्थविदहरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो । श्रोतमा परेको चापका कारण सरकारले कडा खालका नीति अबलम्बन […]


श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा

काठमाडौँ, वैशाख १३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति दुई मिनेट ४४ सेकेण्डमा दिइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताउनुभएको हो । उहाँले […]


श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल

काठमाडौँ, वैशाख १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडी) कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितिमा तिनै पक्षबिच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपीएस शाखासँग विभिन्न जिज्ञासा तथा प्रश्न राखेका […]


चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा, वैशाख १२ गते । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानी ट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची […]


लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार

काठमाडौं, वैशाख ११ गते । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मङ्गलबार काठमाडौँमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतिका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन […]


सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन

अविनाश चौधरी / धनगढी, वैशाख ११ गते। कैलालीको ग्रामीण भेगमा रहेको एक सरकारी विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु भएको छ।धनगढी उपमहानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले १ देखि १० कक्षासम्म स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको हो। सो विद्यालयलाई धनगढी उपमहानगरपालिकाले नमुना विद्यालय घोषणा गरेको छ। सरकारी विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन […]


उपनिर्वाचन : मतदाताको पहिचान प्रमाणपत्र सम्बन्धमा आयोगको निर्देशन

काठमाडौँ, वैशाख १० गते । निर्वाचन आयोगले वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाताको पहिचान गर्ने प्रमाणपत्र सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ मा मतदाता पहिचान गरी मतदान गर्न पाउने व्यवस्था […]


नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ

काठमाडौँ, वैशाख १० गते । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुनेछ । विपदको समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले सो परियोजना सुरु गरेको हो । सोसाइटीद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter