
पर्वत, २६ कात्तिक । पर्वत जिल्लाको पहिलो बाजुङस्थित पातीखोला रेन्बो ट्राउट नेपालकै उत्कृष्ट फार्म घोषित भएको छ । विश्व खाद्य दिवसका अवसरमा मत्स्यपालन फार्मतर्फ पातीखोला रेन्बो ट्राउट फार्म उत्कृष्ट मुलुककै उत्कृष्ट फार्म घोषित भएको हो । मुलुकभर सञ्चालित २९ फार्मलाई पछि पार्दै पातीखोला रेन्बो ट्राउट उत्कृष्ट घोषित भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ […]

डोलेन्द्र गौतम / बागलुङ, २५ कात्तिक । सिकार खेल्ने एक महत्वपूर्ण मानिने ठाउँ ढोरपाटन सिकार आरक्षमा पाइने झारलका लागि शिकारीले साढे नौ लाख रुपैयाँ तिर्नु पर्दछ । झारललाई कुनै तस्करको गिरोहले किनेर बेच्ने पनि होइन । न त मासु खाने प्रयोजनको लागि खरिद गरेको हो । सिकार खेल्ने सौखिन विदेशी धनाढ्यले वन क्षेत्रमा छाडिएका घोरललाई गोली […]

काठमाडौँ, २५ कात्तिक । अघोषित नाकाबन्दीको सामना गर्दै आत्मनिर्भर बन्ने उद्देश्यले नेपाल कला परिषद्मा आजदेखि नवीकरणीय ऊर्जा प्रदर्शनी सुरु भएको छ । भोलिसम्म चल्ने प्रदर्शनीमा स्वदेशमा उत्पादित वस्तु तथा वैकल्पिक ऊर्जाका २५ भन्दाबढी कक्ष (स्टल) राखिएका छन् । जिल्ला विकास समितिको आयोजना तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) तथा निजी […]

काठमाडौँ, २५ कात्तिक । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । यसै विश्वासका कारण आज […]

भीमदत्तनगर, २५ कात्तिक । अछाममा जातीय भेदभावविरुद्धको ऐन आएपछिको पहिलो मुद्दा दर्ता भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका–६ का बिर्ख विकले सोही ठाउँका बेदप्रसाद भण्डारीका नाममा दिनुभएको जातीय छुवाछूतविरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिलीपसिंह देउवाले जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभावविरुद्धको मुद्दा पहिलो पटक […]

काठमाडौँ, २४ कात्तिक । सरकारले सर्वसाधारणको सुविधाका लागि यही कात्तिक २५ गतेदेखि २८ गतेसम्म विभिन्न रुटमा १२ वटा बस सेवा सञ्चालन गर्ने भएको छ । मुख्य सचिवको अध्यक्षतामा उच्च सरकारी अधिकृत सम्मिलित आज बसेको बैठकले यही कात्तिक २५ गतेदेखि २८ गतेसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न रुटमा बस सेवा सञ्चालन हुने […]

काठमाडौँ, २४ कात्तिक । द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडले मुलुकमा देखिएको ऊर्जाको सङ्कट टार्न सर्वसाधारणलाई दाउरा बिक्रीवितरण गर्ने भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयको आजको निर्णयपछि टिम्बरले तिहारअघि नै राजधानीमा सर्वसाधारण तथा आवश्यक निकायलाई खाना पकाउन ३०० चट्टा दाउरा भित्र्याएर बिक्रीवितरण गर्र्ने तयारी थालेको छ । वनमन्त्री अग्निप्रसाद सापकोटाको निर्देशनपछि टिम्बरले राजधानीवासीलाई तत्काल […]

पर्वत, २४ कात्तिक । नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरल्ला नाका सञ्चालन गर्ने बारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ । वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् । यसका […]

काठमाडौँ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख धार्मिक तथा साँस्कृतिक सम्पदास्थलमा भक्तजनको उपस्थिति रहँदासम्म अनिवार्यरुपमा भक्ति सङ्गीतको प्रशारण गर्न सम्बन्धित कोष, समिति तथा अन्य सम्बद्ध संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी धार्मिक तथा साँस्कृतिक सम्पदास्थल पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, दक्षिणकाली, बुढानीलकण्ठ, बङ्गलामुखी, बज्रबाराही, मनकामना, लुम्बिनी, पाथीभरा, हलेसी, […]

काठमाडौँ, २३ कात्तिक । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले मुलुक आक्रान्त बनेका बेलामा राष्ट्रिय आर्थिक सरोकार समाजले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारलाई आग्रह गरेको छ । समाजले आज पत्रकार सम्मेलन गर्दै यातायात ऊर्जाको परनिर्भरता तथा वातावरण प्रदूषण घटाउनुको साथै वैकल्पिक इन्धनको सञ्चालन हुने सवारी साधनको प्रवद्र्धन र विकास गर्नुपर्ने बताएको छ । समाजका अध्यक्ष गङ्गाबहादुर थापाले […]