
काठमाडौँ, ५ मङ्सिर । नेपाल आयल निगमले आयात गरेको इन्धन हराएको भन्दै गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ । रुपन्देहीको भलबारी डिपोबाट निगमको थानकोट डिपोका लागि पठाइएको इन्धन निजी क्षेत्रका पेट्रोल पम्पलाई वितरण गरेको भन्ने गुनासो आएपछि आयोगले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द घिमिरेलाई बोलाएर सोधपुछ गरेको हो […]

रमेश लम्साल / काठमाडौँ, ५ मङ्सिर । मुलुक ऊर्जा सङ्कटमा नराम्ररी फसेको छ । सरकारले पटक पटक ऊर्जा सङ्कट समाधानका लागि प्रभावकारी कदम चाल्ने बताउँदै आएको छ । तर प्रभावकारी योजना, कार्यक्रम र लगानीको अभावमा सरकारले घोषणा गरेका योजना पनि सम्पन्न हुन सकेका छैनन् । विद्युत्भार कटौतीका कारण नागरिकको दैनिकी प्रभावित भएको छ । पछिल्लो […]

मुस्ताङ, ५ मङ्सिर । स्याउको राजधानी भनेर चिनिने मुस्ताङको दुई गाविसबाट स्याउको बोट पूर्णरुपमा लोप भएका छन् । जलवायु परिर्वतनको असरस्वरुप तल्लो क्षेत्रको लेते र कुञ्जो गाविसमा करिब छ वर्षदेखि स्याउ उत्पादन हुन नसकेको हो । यसलाई विज्ञहरुले जलवायु परिर्वतनको टड्कारो असर आधार भनेका छन् । केही वर्षअघिसम्म म्याग्दी र मुस्ताङको सिमाना घासासम्म स्याउ फल्ने […]

झापा, ५ मङ्सिर । बगरमा परिणत भएको खेतीयोग्य जमिनलाई झापाका कृषकले अझै प्रयोगमा ल्याउन सकेका छैनन् । विरिङ, कनकाई, कमल, रतुवा, मेचीलगायतका खोलामा आएको बाढीका कारण बगरमा परिणत भएको खेतीयोग्य जमिन सिँचाइ अभावका कारण उपयोग गर्न कृषकले नसकेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ । झापामा बगरमा परिणत भएको जमिनको क्षेत्रफल पाँच हजार हेक्टर […]

सिबी अधिकारी / काठमाडौँ : “नेपालको सुन्दरता हेरेर सकिँदैन, त्यसैले पटक–पटक आइरहन्छु ।” पदयात्राका लागि आठौँ पटक नेपाल आएका स्वीस नागरिक कास्पर डिउरिजको भनाइ हो यो । नेपालको प्राकृतिक सुन्दरता र भौगोलिक विविधताको सङ्गमलाई भुल्न नसकेर नेपाल भ्रमणमा आएको उनले बताए । डोल्पामा दुई हप्ता पदयात्रा गरेर फर्केका डिउरिजसँग यस अघि पनि नेपालका अन्य चर्चित […]

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्, विश्वव्यापी आवधिक समीक्षा कार्यदलको बैठकमा नेपाल सरकारले मानव अधिकार संरक्षण र सम्वद्र्धनमा व्यक्त गरेको प्रतिबद्धता सकारात्मक भएको जनाएको छ । यही कात्तिक १८ देखि २० गते (नोभेम्वर ४ देखि ६) सम्म जेनेभामा सम्पन्न मानव अधिकार परिषद्, कार्य समूहको २३औँ बैठकमा नेपाल […]

काठमाडौँ, ४ मङ्सिर । कृषि क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले कृषि विकास रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । दशवर्षीय कार्ययोजना र मार्गचित्रसहित कृषिको विगत तथा वर्तमानको कामको समीक्षामा आधारित २० वर्षीय रणनीतिक योजना कृषि विकासमन्त्री हरिबोल गजुरेलले ललितपुरमा आज आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । आर्थिक वृद्धिलाई गति दिने, कृषकको जीवनस्तर माथि […]

कञ्चनपुर, ४ मङ्सिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ सिसैयामा रहेको वृन्दावन सामुदायिक वनले आफ्नो स्वामित्वमा रहेको ताललाई ठेक्कामा दिएर विद्यालयलाई सघाउ पु¥याउँदै आएको छ । वनभित्र रहेको तालमा माछापालनका लागि रु ७६ हजार ७७० मा ठेक्का दिएर सामुदायिक वनले दुईवटा विद्यालयको भौतिक निर्माण र फर्निचर निर्माणका लागि खर्च जुटाउने कार्य गर्दै आएको छ । असीग्राम […]

जुम्ला, ४ मङ्सिर । पर्यटकीय इतिहास बोकेको खस राज्यको राजधानी कर्णालीको सिंजा उपत्यकामा रहेको नाखेदुला गुफा हालसम्म ओझेलमा परेको छ । बाघको आँखा जस्तो अजङ्ग प्रकृतिको देखिने उक्त गुफालाई कसैले आँखेदुला भन्छन् भने कसैले बाघेदुला पनि भन्दै आएका छन् । कनकासुन्दरी गाविस वडा नं २, ३ र ४ वडाको ओखरपाटा गाउँमा अवस्थित यो गुफा प्रचारप्रसार […]

डोल्पा, ४ मङ्सिर । चिसो बढ्दै गएपछि माथिल्लो डोल्पामा रहेका छार्का, तिन्जे, साल्दाङ, भिजेर, फोक्सुन्डो, धो, मुकोटलगायतका गाविसमा रहेका सम्पूर्ण विद्यालय बन्द भएका छन् । समुद्री सतहदेखि चार हजारदेखि पँैतालीस सय मिटरसम्म उचाइमा पर्ने यी गाविसमा कात्तिक महिना लागेलगत्तै भारी हिमपात भई अत्यधिक चिसो बढ्दै गएकाले सदा झैँ यस वर्ष पनि वार्षिक परीक्षा सम्पन्न गरेर […]