• Sunday, April 13, 2025

समाचार

आलेख समाचार : सहकारीको जगबाट आत्मनिर्भर बन्दैछन् म्याग्दीका महिला

कमल खत्री / म्याग्दी । घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ । यतिमात्रै होइन, गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला आजभोलि परिवारको दैनिकी चलाउने खर्च आफैँ जुटाउन […]


आमा समूहको सक्रियताले टोल उज्यालो

परासी, २८ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका स्थित सामथ्र्य टोल सामथ्र्य आमा समूहको सक्रियतामा उज्यालो भएको छ । सामथ्र्य आमा समूहले अहिले कावासोती नगरपालिका–२ सामथ्र्य टोलमा रहेका १८ वटा विद्युत् खम्बामा बत्ती जडान गरेपछि टोल उज्यालो भएको हो । रातिको समयमा सडकका खम्बामा बत्ती नहुँदा हिँड्न पनि समस्या हुने तथा राति चोरीलगायत अवाञ्छित क्रियाकलाप हुन […]


विदेशी पाहुनालाई टीका

पोखरा, २७ कात्तिक । पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज लेकसाइडस्थित वटरफ्लाई फाउन्डेसनको भवनमा पोखरा घुम्न आएका विदेशी पाहुनालाई टीका लगाइदिने काम भयो । गएको वैशाख १२ गतेको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि पर्यटन व्यवसायमा आएको मन्दीलाई न्यून गर्न सङ्घले आज नवौं संस्करणको भाइटीका महोत्सवको आयोजना गरेको सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताउनुभयो । महोत्सवमा चीन, […]


महासचिव बानद्वारा सीमाअवरोधबारे चिन्ता व्यक्त

काठमाडौँ, २७ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव बानले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बानसंग बुधबार गर्नुभएको भेटवार्ताको अवसरमा सो चिन्ता व्यक्त गर्नुभएको हो । कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा जनाइएअनुसार महासचिव बानले सो अवसरमा कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेल्नुभएको […]


पर्यटकीय सम्भावना बोकेको फूलबारी ओझेलमा ; म्याग्दीको थाली नाच लोकप्रिय बन्यो 

म्याग्दी, २७ कात्तिक । पर्यटकीय सम्भावनायुक्त म्याग्दीको हिस्तान गाविस– ६ रिमाअन्तर्गत पर्ने रमणीयस्थल फूलबारी ओझेलमा परेको छ । घना गुराँसे जङ्गलको बीचमा रहेको समथर भागमा अवस्थित फूलबारी पर्यटकको पर्खाइमा छ । त्यहाँबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने पुनहिलमा दैनिक सयौँ पर्यटकको चहलपहल भए पनि फूलबारी सुनसान हुने गरेको छ । फूलबारीसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुनु […]


सिस्नोको धुलो विदेश निर्यात

म्याग्दी, २७ कात्तिक । ‘हातका मैला सुनका थैला के गर्नु धनले । साग र सिस्नो खाएको बेस आनन्दी मनले ।। महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो पङ्क्ति व्यावहारिक रुपमा नै चरितार्थ भएको छ म्याग्दीका उद्यमीहरुका लागि । गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता धनी मानिसले बसोबास गर्ने देश विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि […]


छाप्रोमा झुल्किएन चाड ! (आलेख समाचार)  

प्रशन्न पोखरेल / कात्तिक २६, गोरखा । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘किसानको रहर’ कवितामा उल्लेख गरेजस्तै पीडा गोरखा भूम्लिचोक–८ हिक्लुङ्गका बुधुराम चेपाङको छाप्रोमा छ । बाख्रा पाल्न बनाएको खोरमा सात महिनादेखि चेपाङको परिवार बस्दै आएको छ । पाँच सदस्यीय उनको परिवार […]


तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

बाँके , २६ कात्तिक । बाँके जिल्लाको चिसापानीका महिला व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मेहनत अनुसारको प्रतिफल पाइने भएपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । चिसापानीका २५ जना महिलाले कञ्चन कृषक समूह गठन गरी १७ हेक्टर जग्गामा व्यवसायिक तरकारी खेती गरिरहेका छन् । पच्चिस जना महिलाले आफ्नै साढे १२ हेक्टर जग्गा र […]


बिहान–बेलुका लोडसेडिङ मुक्त गर्ने सरकारको तयारीः उर्जामन्त्री

ललितपुर, २६ कातिक । उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपवहादुर रायमाझीले नियमितरुपमा हुँदै आएको लोडसेडिङमा परिवर्तन गर्दै बिहान र बेलुकाको समयमा लोडसेडिङ मुक्त गराउने सरकारको तयारी रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लव अफ नेपालको आयोजनामा आज मन्त्री निवास हरिहरभवनमा गरिएको देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उर्जा क्षेत्रको विकासका लागि नीतिगत संरचना ल्याएर प्रभावकारीरुपमा ठूला जलविद्युत आयोजना युद्धस्तरमा […]


गाई, गोरु र गोबद्र्धन पूजा; नेवार समुदायले नेपाल संवत् तथा म्हः पूजा विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौँ, २६ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter