• Tuesday, April 15, 2025

च्याउका लागि झापा आत्मनिर्भर

 

सुरुङ्गा (झापा) १२ असोज । झापा जिल्ला च्याउ खेतीका लागि आत्मनिर्भर भएको छ ।

सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्ष्यित कार्यक्रममार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालयले तालिमसँगै नगद रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेसँगै झापा च्याउका लागि आत्मनिर्भर बनेको हो ।

जिल्ला कृषि विकास कार्यालयले युवालाई तालिमसँगै च्याउ उत्पादनका लागि अनुदान रकम दिएपछि अहिले जिल्लाका १५० जनाले व्यावसायिक फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् । तीन सयभन्दा बढी कृषकले अहिले दैनिक च्याउ उत्पादन गरिरहेको प्राविधिक सहायक शालिग्राम भट्टराईले बताउनुभयो ।

जिल्लामा बिर्तामोडसँगै दमक, काँकरभिट्टा, कनकाई, शिवसतासी र भद्रपुर नगरपालिका कृषकले व्यावसायिक च्याउ खेती गर्दै आएका छन् । दुई वर्षअघि सम्म भारतबाट नेपाली बजारमा उपभोग गरिने च्याउ आयात गरिँदै आए पनि आर्थिक वर्ष २०७१÷७२ बाट झापाले इलाम, पाँचथर र ताप्लेजुङमा समेत च्याउ निर्यात गर्दै आएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ सालमा जिल्लामा एक हजार आठ सय मेट्रिक टन च्याउ उत्पादन भएको छ । जुन अघिल्लो वर्षको तुलनामा पाँच सय मेट्रिक टनले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷७१ मा एक हजार तीन सय मेट्रिक टन मात्रै च्याउ उत्पादन भएको थियो ।

जिल्लामा सबैभन्दा बढी कन्ने च्याउ उत्पादन हुने गरेको छ । प्रतिकिलो रु दुई सयका दरले बिक्री हुने च्याउ आर्थिक वर्ष २०७१÷७२ मा मात्रै रु ३६ लाखबराबरको उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter