• Saturday, June 14, 2025

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

 

Shesh Ghaleकाठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित हुनुभएको छ ।

घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले २२६ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

महासचिवमा बद्री केसीले ५५५ मतका साथ विजयी हुनुभएको छ । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहाुर थापाले २६४ मत ल्याएर विजयी हुनुभएको एनआरएनका प्रवक्ता मन केसीले राससलाई जानकारी दिनुभयो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ ।

सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter