• Wednesday, June 11, 2025

पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना

gaddachaukiकञ्चनपुर, २९ असोज । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डा चौकीमा ‘नागरिक हेल्प डेस्क’ स्थापना गरेको छ ।

दसैँका अवसरमा भारतबाट घर फर्कने यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न नागरिक हेल्प डेस्क स्थापना गरिएको हो ।

भारतीय क्षेत्र भएर आउने र भारततर्फ जाने यात्रुलाई यात्रा गर्दा अपनाउनुपर्ने सावधानी, सीमा क्षेत्रमा हुने लुटपाटका घटना न्यूनीकरण गर्न र ताँगा रिक्सा चालकले बढी भाडा लिने कार्य नियन्त्रण गर्न हेल्प डेस्क स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बाबुकाजी गिरीले बताउनुभयो ।

हेल्प डेस्कमा प्रहरी निरीक्षकको संयोजकत्वमा छ सदस्यीय टोलीलाई खटाएको छ ।

यसैगरी ट्राफिक प्रहरीले महेन्द्रनगर बस पार्कमा यात्रुलाई यात्रा गर्दा जोखिममुक्त यात्रा गर्न सचेतना फैलाउने कार्य सुरु गरेको छ ।

“यात्रुलाई बसको छतमा राख्ने, एउटै सिटमा दुईजनालाई टिकट दिने र क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यलाई नियन्त्रण गरेका छौँ” – ट्राफिक प्रहरी रामदत्त बडूले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter