राजमार्ग र जङ्गली क्षेत्रमा सुरक्षाकर्मी परिचालन

security mobilization

गौशाला, ४ कात्तिक । बडादसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर राखी महोत्तरीको पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत पूर्व पश्चिम राजमार्ग र जङ्गली क्षेत्रमा लुटपाटका घटना नियन्त्रण गर्न महोत्तरीको रातुपुलदेखि सर्लाहीको सीमा क्षेत्रमा पर्ने बाँके नदीसम्म सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

महोत्तरीको राजमार्गमा पर्ने माईस्थान टुटेश्वर लक्ष्मीनियालगायत आठ ठाउँमा नियमित गस्तीका लागि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वका बेला यात्रु लामो समय पर्खनुपर्ने तथा झन्झटिलो हुने भएकाले राजमार्ग क्षेत्रमा दिउँसो गर्दै आएका गाडीको स्कटिङ बन्द गरिएको छ र राति सवारीसाधनलाई जम्मा गरी स्कटिङ गरी जङ्गल पार गराउने कार्य जारी रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter