बाख्रा र बङ्गुरपालनमा रु २५ लाखको नयाँ कार्यक्रम

goats

रत्ननगर (चितवन), ८ कात्तिक । चितवनमा यसवर्ष पशुविकास सेवा अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि जिल्ला पशु सेवा कार्यालयमा नयाँ कार्यक्रम आएको छ ।

पशुविकास सेवाको केन्द्रीय कार्यक्रम अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि रु २५ लाख रकमको नयाँ कार्यक्रम आएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो ।

यसवर्ष बाख्रा विकासका लागि रु आठ लाख र बाँकी रकम बङ्गुरपालनमा खर्च गरिने छ । मुख्य गरी चितवनको पहाडी भेगमा बाख्रापालन र तराई क्षेत्रमा बङ्गुर पालन सफल भएको कार्कीले बताउनुभयो ।

अहिले जिल्लामा करिव साढे दुई लाख बाख्रा पालिएको छ । यस्तै १० हजारभन्दा बढी बङ्गुर पालिएको अनुमान छ ।

जिल्लामा बङ्गुरको मासु र पाठा उत्पादन गरी बिक्री वितरण हुँदै आएको छ । व्यावसायिक बङ्गुरपालनमा करिव ४० जना किसान सक्रिय भएको उहाँको भनाइ छ । दक्षिण माडीमा समेत बाख्रापालन प्रभावकारी हुँदै आएको कार्यालयले जनाएको छ ।

पशु विकासका लागि जिल्लामा केन्द्रीय कार्यक्रम अन्तरगत रु एक करोड दुई लाख बजेट आएको छ । यी दुई वटा कार्यक्रममा रु २५ लाख खर्च हुने छ । अन्य कार्यक्रम भने अघिल्लो वर्षकै निरन्तरता हो ।

यो वर्ष पशु आहार राष्ट्रिय अभियानका लागि रु २२ लाख, बाख्रा प्रवद्र्धनमा चार लाख, गाईभैँसी विकास कार्यक्रममा रु ३३ लाख, गाई श्रोत केन्द्र र पाडा हुर्काउने कार्यक्रमका लागि रु १२ लाखको बजेट आएको पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यस अतिरिक्त पशुस्वास्थ्य सेवाका लागि रु नौ लाख र पशुपक्षी बजार प्रवद्र्धनका लागि रु १६ लाख रकम केन्द्रबाटै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter