• Monday, June 16, 2025

सत्तारूढ दलको संयन्त्र बैठक : राष्ट्रपतिमा सहमतिका लागि अन्तिम प्रयास गरिने

President House

काठमाडौँ, ९ कात्तिक । सत्तारूढ दलका शीर्ष नेता सम्मिलित ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आज साँझको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति र समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा बसेको बैठकमा आफूहरूले प्रस्ताव गरेका वा अन्य उपयुक्त उम्मेदवारका नाममा सहमतिका लागि अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार आफूहरूले उम्मेदवार बनाएका वा अन्य दलका उम्मेदवारमा सहमति हुने सम्भावना भएमा प्रयास गर्ने निर्णय भएको बताउनुभयो । सत्तारुढ गठबन्धनका विभिन्न दलका ११ शीर्ष नेता सो समितिमा हुनुहुन्छ । समितिमा भारतको अघोषित नाकाबन्दी, पेट्रोलियम पदार्थको सङ्कटलगायत विषयमा पनि छलफल भएको थियो ।

यही कात्तिक ११ गते व्यवस्थापिका–संसद्मा हुने राष्ट्रपतिको निर्वाचनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा हालसम्म एमाओवादीका नन्दकिशोर पुन उम्मेदवार हुने निर्णय सम्बन्धित दलले गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि सो पदमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मदेवारको नाम तय गरिसकेको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनकै सन्दर्भमा समितिको बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अलग्गै भेटवार्ता पनि भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter