• Thursday, June 12, 2025

फोहरबाट ग्यास

myagdi_districtम्याग्दी, १० कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन र ग्यास अभाव हुँदा देशभरको जनजीवन प्रभावित बनिरहेका बेला म्याग्दीस्थित कारागारमा फोहरबाट उत्पादित ग्यासले खाना पकाउने गरिएको छ ।

शौचालय एवम् भान्छाको फोहरबाट बायोग्यास उत्पादन गरेपछि दाउराको खपत कम हुनुका साथै सरसफाइ, फोहर व्यवस्थापनमा सघाउ पुगेको मात्र होइन बजारमा देखिएको चरम ग्यास अभावको प्रभाव कारागारमा परेको छैन ।

बढी भएर फालिने दाल, तरकारी र खाना तथा शौचालयको फोहर १५ घनमिटर क्षमताको पक्की टङ्कीमा जम्मा गरी उत्पादन हुने बायोग्यास दुईवटा चुलोमा प्रयोग गरिएको कारागारका जेलर नवराज पौडेलले बताउनुभयो ।

जेलर पौडेलका अनुसार ९२ जना कैदीबन्दी रहेको कारागारमा सेफ्टी टङ्की र भान्साको फोहर व्यवस्थापन गरी सरसफाइ कायम गरी इन्धन आपूर्तिमा सहज भएको छ । बायोग्यास जडान भएपछि इन्धनका लागि ७५ प्रतिशत दाउराको खपत घटेको छ । यसअघि मासिक दुई ट्र्याक्टर दाउरा खपत हुने गरिएको थियो ।

विसं २०७१ असारमा कारागारमा रु दुई लाख ७५ हजारको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । घुवाँ कम हुने भएकाले खाना पकाउन पनि सहज भएको कैदीबन्दीले बताएका छन् । बायोग्यास उत्पादन गरेपछिको र स्नानगृहको फोहरलाई कारागार परिसरमा करेसाबारी बनाएर तरकारीखेतीमा प्रयोग गरिएको छ ।

म्याग्दी कारागारसँगै बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय उच्च माविले पनि फोहरबाट ग्यास उत्पादन गरी होस्टेलको भान्छाका लागि प्रयोग गर्दै आएको छ ।

घरायसी फोहर, गाईबस्तुको गोबर र शौचालयको फोहरलाई प्रयोग गरेर बायोग्यास उत्पादन गर्न सकिने प्रसस्त सम्भावना भए पनि यसतर्फ सर्वसाधारणको आकर्षण भने न्यून रहेको जिविसअन्तर्गतको जलवायु परिवर्तन तथा वातावरण, ऊर्जा शाखाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter