• Tuesday, April 08, 2025

वीरगन्जको वाणिज्य दूतावासमा भारतीय चालकको धर्ना

KTM-petrol lineपर्सा, १० कात्तिक । घर फर्किने वातावरण मिनाउन माग गर्दै भारतीय चालक वीरगन्जमा धर्नामा बसेका छन् ।

विगत अढाई महिनादेखि नेपालमै अलपत्र परेका भारतीय चालकले नाका खुलाई घर जाने वातावरण मिलाउन माग गर्दै वीरगन्जमा रहेको नेपालका लागि भारतीय महावाणिज्य दूतावासको द्वारमा त्रिपाल ओछ्याई धर्ना बसेका हुन् ।

वीरगन्ज नाकामा अलपत्र परेका भारतीय खाली गाडी सीमापारि प्रवेश गर्ने वातावरण मिलाइदिन वीरगन्जमा अवस्थित भारतीय महावाणिज्य दूतावासमा पटकपटक धाउँदा पनि कुनै सुनवाइ नभएकाले बाध्य भएर धर्नामा बस्नुपरेको चालकले बताएका छन् ।

लामो समयदेखि वीरगन्जमै बसेको कारण आफूहरुसँग रहेको रकम सकिएकाले अब खाना खानसमेत अप्ठ्यारो भएपछि भारततर्फ जान वातावरण मिलाउन भारत सरकारलाई गुहार माग्न धर्ना बसेकोे भारतीय वाहन चालक जगतार सिंहले जानकारी दिनुभयो ।

उहाँले वीरगन्जमा फसेका अधिकांश चालक सवारीधनी रहेकाले आफूहरु लामो समयदेखि वीरगन्जमै घेरिएको कारण परिवारले पनि अभावमा बाँच्नुपरेको र बैंकबाट लिएको ऋणको दुई किस्तासमेत तिर्न नसकेका कारण बन्द हडतालको कारण आफूहरुले खेपेको नोक्सानीसमेत मिलाउन माग गर्दै धर्ना बस्नुपरेको बताउनुभयो ।

आन्दोलनकारीले दशगजा क्षेत्रमै चौबीसैँ घन्टा धर्ना दिएका कारण एउटा पनि गाडी सीमा वारपार हुन सकेको छैन । भारत फर्कन चाहेका करिब ५०० भारतीय खाली ट्रक वीरगन्ज भन्सारमा र सडक छेउमा थन्किएका छन् । वीरगन्जमा चालक र सहचालक गरी एक हजार भारतीय यातायात मजदुर एक महिना भोकभोकै अलपत्र परेको चालकले बताएका छन् ।

दूतावासको द्वारमै दुई दिनदेखि धर्नामा बस्दासमेत दूतावासका कर्मचारी वा अधिकारीले आफूहरुसँग भेट्न नआएको धर्नामा बसेका चालकहरुले बताएका छन् ।

सो विषयमा वाणिज्य दूतावास कार्यालयका निमित्त प्रमुख जसवीर सिंहसँग बुझ्दा उहाँले भारतीय चालकको समस्याबारे उनीसँग दुई दिनदेखि छलफल भएको बनाउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter