• Tuesday, June 17, 2025

अस्पताल सञ्चालकद्वारा पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन माग

KTM-petrol lineमोरङ, ११ कात्तिक । मोरङका अस्पताल सञ्चालकले आवश्यक अनुरुप पेट्रोलियम पदार्थको सहज रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

पेट्रोलियम पदार्थ सहज रुपमा सरकारले उपलब्ध नगराए अस्पतालका अत्यावश्यक सेवा बन्द हुने स्थितिमा पुगेको अस्पताल सञ्चालकले बताएका छन् । पर्याप्त पेट्रोलियम पदार्थ र डिजेलको अभावमा विराटनगरका एक दर्जन अस्पतालका अत्यावश्यक सेवा प्रभावित भएपछि अस्पताल सञ्चालकले सरकारसँग त्यसको सहज रुपमा उपलब्ध गराउन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको अभावले अत्यावश्यक सेवा शल्यक्रिया, आइसियु, एनआइसियु, सिसियु, हेमोडायलसिस, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याबलगायत सेवा प्रभावित भएको अस्पताल सञ्चालकले बताएका छन् ।
त्यसरी माग गर्ने अस्पताल सञ्चालकमा नोबेल अस्पताल विराटनगरका निर्देशक नारायण दाहाल, गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डल, विराटनगर–१४ स्थित न्युरो अस्पतालका कार्यकारी अधिकृत रञ्जितराज बस्नेतलगायत हुनुहुन्छ ।
त्यसैगरी दैनिक यातायात सञ्चालन हुन नसक्दा विराटनगर–१० स्थित कोसी अञ्चल अस्पतालमा अक्सिजन ग्यासको अभाव भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय मोरङको सिफारिसबाट दिएको डिजेलले पुगिरहेको छ तर अक्सिजन ग्यासको अभाव खड्किएको छ ।”

जिल्ला प्रशासन कार्यालय मोरङले अत्यावश्यक सेवाका लागि मात्रै डिजेल उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरमा साना र ठूला गरेर झन्डै एक दर्जन अस्पताल सञ्चालनमा छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter