• Monday, June 16, 2025

इन्धनको अभाव टार्दै ई–रिक्सा

e-rickshaw

चितवन, १२ कात्तिक । भारतीय अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भइरहेका बेला ई–रिक्सा प्रभावकारी सवारी साधन बनेको छ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि चितवनमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ ।

भरतपुर नगर क्षेत्रमा संञ्चालनमा रहेका पाइडल रिक्सा व्यवसायीको तीनवटा रिक्सा कटाएर एउटा ई–रिक्सा भरतपुर उपमहानगरपालिकाले दर्ता गरेसँगै गत साउनबाट ई–रिक्सा सञ्चालनमा आएको हो ।

चितवन रिक्सा व्यवसायी समितिका अध्यक्ष अमृतकुमार श्रेष्ठका अनुसार हाल भरतपुर उपमहानगरपालिकाभित्र ३०४ वटा ई–रिक्सा सञ्चालनमा आएका छन् । त्यस्तै रत्ननगर नगर क्षेत्रमा २२ वटा ई–रिक्सा सञ्चालनमा रहेका छन् ।

यसअघि नगर क्षेत्रमा एक हजार ३३४ वटा पाइडल रिक्सा सञ्चालनमा रहेकामा ९१२ वटा पाइडल रिक्सा हटाएर ३०४ वटा ई–रिक्सा सञ्चालनको अनुमति नगरपालिकासँग लिएको अध्यक्ष क्षेष्ठले बताउनुभयो ।

रु दुई लाख ८० हजारदेखि रु तीन लाख २० हजारसम्ममा खरिद गरिएका धेरैजसो रिक्सा दैनिक रु ९०० मा भाडामा दिइएको रिक्सा सञ्चालकसमेत रहेका समितिका उपाध्यक्ष प्रेम सुवेदीले बताउनुभयो ।

इन्धनका कारण अन्य सवारीको अभाव भएपछि चारजना बस्ने सिटमा आठजनासम्म बस्ने गरेको र दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म चालकले आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । उपाध्यक्ष सुवेदीले भन्नुभयो – “साहु आफँैले रिक्सा चलाउनेले तीन महिनामा नै आफ्नो लगानी उठाउने भएका छन् । चालकहरु पनि निकै खुसी देखिएका छन् ।”

भरतपुरको कृष्णपुर घर भएका देव खड्काले आफ्नो रिक्सा आफँैले चलाउँदा दैनिक रु दुई हजारमा घटेको छैन, राम्रो आम्दानी लिन सकेको छुु भन्नुभयो ।

त्यस्तै आरामदायी र सुलभ रुपमा ई–रिक्सा चढ्न पाएपछि यात्रु पनि खुसी भएका छन् । भरतपुरको चौबीसकोठीबाट भरतपुर अस्पताल पुगेकी सुस्मिता सुयालले रिक्साबाट झर्दै प्रदूषणरहित तथा ध्वनिरहित ई–रिक्सा चढ्न निकै राम्रो लागेको बताउनुभयो ।

तर ई–रिक्सामा भाडा दर यकिन नहुँदा कुनैबेला अप्ठ्यारो पर्ने गरेको यात्रुहरुको भनाइ छ । चितवनमा ई–रिक्साको बिक्री वितरण गरिरहेको भिजन टे«ड लिङ्कका सञ्चालक नगेन्द्र पौडेलले पेट्रोलियम पदार्थको अभाव भइरहने नेपालमा ई–रिक्सा उपयुक्त हुने बताउनुभयो ।

ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । पेट्रोल डिजेलको प्रयोग नहुने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने भएकाले यसलाई वातावरणमैत्री रिक्सा पनि भने गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter