उपराष्ट्रपतिमा एमाओवादी नेता पुन विजयी

Pasangकाठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुन विजयी हुनुभएको छ ।

व्यवस्थापिका–संसद्, निर्वाचन अधिकृतको कार्यालयमा आज भएको मतदानमा पुनले ३२५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले २१२ मत प्राप्त गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्मा हाल ५९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा ५४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।

संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिमा पुन निर्वाचित भएको घोषणा गर्नुभएको हो । यसअघि निर्वाचन अधिकृत एवम् व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले उपराष्ट्रपतिको मत परिणाम सभामुख घर्तीलाई बुझाउनुभएको थियो ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरी समर्थक रहनुभएका पुन सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा उत्रनुभएको थियो । पुनलाई संसद्मा रहेका नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) लगायत १५ दलले समर्थन गरेका थिए ।

तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र सङ्घर्षदेखि शान्ति प्रक्रिया र संविधान निर्माणसम्म महत्वपूर्ण योगदान गर्नुभएका एमाओवादी नेता पुन रोल्पाको राङ्सीदेखि बहादुर भवनको यात्रासम्म आइपुग्नुभएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही कात्तिक २२ गते आइतबार बिहान ११ बजे बस्ने छ ।

यसअघि सभामुख घर्तीले नेकपा (एमाले)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएकी विद्यादेवी भण्डारी राष्ट्रपतिमा विजयी हुनुभएकाले सांसदको पद खाली भएको सदनलाई जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter