कानुनमन्त्री जेनेभा जाने

Agni Kharelकाठमाडौँ, १४ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले स्वीट्जरल्यान्डको जेनेभामा हुने मानवअधिकारसम्बन्धी समीक्षा बैठकमा जाने भ्रमण स्थगन गर्नुभएको छ ।

आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता जारी रहेका कारण उहाँले सो भ्रमण रद्द गरेको थापाका प्रेस सहयोगी मोहन श्रेष्ठले जानकारी दिनुभयो । उपप्रधानमन्त्री थापा सरकारी वार्ता टोलीका संयोजक समेत हुनुहुन्छ ।

यही कात्तिक १६ देखि २० गतेसम्म हुन लागेको सो बैठकमा मानवाधिकारको अद्यावधिक समीक्षा गरिने छ । विश्वका विभिन्न १९३ राष्ट्रको सहभागिता रहने बैठकमा परराष्ट्रमन्त्री सहभागी हुने प्रचलन छ ।

उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल जानुहुने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter