पोखराको सेती नदी जलयात्राका लागि उपयुक्त, विश्वका उत्कृष्ठ दशमा पर्न सफल

seti riverपोखरा ।
प्राकृतिक र पर्यटकीय दृष्टिकोणले रमणीय पोखरा क्षेत्र मनोरञ्जनका दृष्टिकोणले समेत भरिपूर्ण बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बनेको पोखरा हरेक कोणबाट सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ ।
धेरै रमणीय पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि उपयुक्त र थप आकर्षक बन्दै गएको छ । जलयात्राका लागि विश्वको दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइको नदी बनेको छ । पोखरादेखि नजिक भएकाले पनि छोटो समयमा धेरै मनोरञ्जन लिन सकिने नदीका रुपमा पर्यटकहरुले सेती नदीलाई लिँदै आएका छन् । तीन घण्टाभित्रमा जलयात्रा गरिसकिने भएकाले पनि छोटो समयका लागि पोखरा आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।
अपर सेती नदीमा वर्षमा ५ महिनासम्म र््याफटिङ गर्न सकिने र््याफ्टिङ एसोसिएसन (नारा) ले जानकारी दिएको छ । ४ ग्रेडभन्दा माथिको पानीको बहाव भएकाले पनि अपर सेतीा ¥याफटिङका लागि विश्वको उत्कृष्ट दसौं स्थानमा पर्न सफल भएको नाराले जनाएको छ । नेपालमा सेती, काली, मस्र्याङ्दी, त्रिशूली, तमोर, सुनकोसी, कर्णाली लगायतका नदीलाई सरकारले जलयात्राका लागि खुल्ला गरेको छ ।
पछिल्लो समयमा जलविद्युत् गृहहरु निर्माणको क्रम बढ्दै गएपछि कतिपय नदीहरुमा अपेक्षा गरे अनुरुप जलयात्रा हुन नसकेको बताइएको छ । सेती नदी र मर्दी खोलाको दोभानबाट करिब ८ किलोमिटर दूरीको याम्दीसम्म सेती नदीमा र््याफ्टिङको यात्रा हुने गर्दछ । नेपालमा आउने पर्यटकमध्ये २५ प्रतिशतले सेतिमा र््याफ्टिङ गर्ने गरेको छन् । पछिल्लो समय पोखरामा जलयात्राका लागि पर्यटकको आकर्षण बढ्दै गएपछि ¥याफ्टिङ व्यवसाय पनि थप आकर्षको केन्द्र भई यसमा संलग्न व्यावसायीहरु पनि बढ्न थालेका छन् । पोखरामा मात्र १२ वटा भन्दा बढि जलयात्रासम्बन्धी कम्पनी कार्यरत छन भने देशभर १ सयभन्दा र्याफ्टिङ व्यवसायी रहेका छन् । पोखराको सेती नदीमा र््याफ्टिङ गदै हिमाल हेर्दै आन्तरिक तथा बाह्य पर्यटक रमाउने गरेका छन् ।

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter