राम्चे दुर्घटनामा तीसको मृत्यु; प्रधानमन्त्रीबाट समवेदना

 Rasuwaरसुवा, १७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको ना३ख ५७०६ नंको बस आज दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो । पसााङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।

घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो ।  अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज रसुवामा भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाउनुभएका यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको समवेदना सन्देशमा भनिएकोे छ, ‘काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एक यात्रुवाहक बस रसुवाको राम्चेमा दुर्घटना भई ३० जना यात्रुको ज्यान गएको थाहा पाउँदा म अत्यन्तै मर्माहत र स्तब्ध भएको छु ।’

प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दैै मृतकका परिवार र आफन्तप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । दुर्घटनामा परी घाइते भएकाको शीघ्र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिँदै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि उहाँले गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter