नेपालको प्रचार गर्दैै कोरियाली फोटोग्राफर

Korean photographer

काठमाडौँं, १७ कात्तिक । भूकम्पपछि विश्वका पर्यटकका लागि नेपाल घुमघाम गर्न सुरक्षित छ भन्ने सन्देश दिन कोरियाली फोटोग्राफर एसोसियसनमा आबद्ध फोटोग्राफर आठदिने भ्रमणमा नेपाल आइपुगेका छन् ।

‘खुसी बाँडौँ’ भन्ने अवधारणा लिएको सुखवती प्रतिष्ठान र पदयात्रामा संलग्न फ्रेन्ड्स टिम प्रालिको निम्तोमा यहाँ आइपुगेको ४० कोरियाली फोटोग्राफरको समूहले काठमाडौँं, भक्तपुर, पाटन, नगरकोट जस्ता काठमाडौँ उपत्यकाका मुख्य पर्यटकीयस्थलको भ्रमण गर्नेछ ।

साथै मनोरम हिमाली दृश्यावलोकनसहित ग्रामीण जनजीवनको अवालोकन गर्न कास्कीको सराङ्कोट, अस्थाम, धम्पुस र हेम्जाकोट क्षेत्रको पदयात्रामा पनि टोली पुग्नेछ । टोलीले प्रसिद्ध पर्यटकीय नगरी पोखरा र चितवनको पर्यटकीयस्थल, स्थानीय जनजीवन, धार्मिक एवम सांस्कृतिकस्थलको अवलोकन गरी तस्बिरमार्फत नेपालको प्रचारप्रसार गर्ने फ्रेन्ड्स टिम प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाले राससलाई बताउनुभयो ।

“भूकम्पपछि नेपालबारे बाहिर गलत प्रचार भएकाले नेपालका पर्यटकीयस्थल सुरक्षित छन् भन्ने सन्देश दिन फोटोग्राफी सशक्त माध्यम भएकाले हामीले आमन्त्रण गरेका हौँ, यहाँको प्रकृति, संस्कृति, जनजीवन र पर्यटकीयस्थल घुमाएर सबैस्थल सुरक्षित छन् भन्ने सन्देश दिन चाहेका छौँ,” प्रबन्ध निर्देशक लामाले भन्नुभयो ।

कोरियाको क्याथोलिक विश्वविद्यालयमा प्राध्यापक रहेका कोरियाली फोटोग्राफर एसोसियसनका अध्यक्ष किम साङमुनले भूकम्पले यहाँका धेरै ठाउँ अस्तव्यस्त भएको सुने पनि नेपाली साथीसँग बुझ्दा त्यस्तो छैन भन्ने थाहा पाएपछि अरु पर्यटकलाई नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश दिन फोटोग्राफरको टोली लिएर आएको बताउनुभयो ।

“तस्बिर सङ्कलन गरी म्यागजिन निकाल्नेछौँ, त्यहाँका सञ्चारमाध्यम, साथीभाइ, सङ्घसंस्था र इन्टरनेटमार्फत पनि भ्रमण गर्न नेपाल सुरक्षित छ भन्ने सन्देश दिनेछौँ,” अध्यक्ष साङमुनले रासससँग भन्नुभयो ।

बेलाबखत विभिन्न देशको भ्रमण गर्ने सो समूहले यस पटक नेपाल रोजेको र तस्बिरमार्फत नेपालको प्रचार गरेर यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न चाहेको अध्यक्ष साङमुनले बताउनुभयो ।

भूकम्पपीडितलाई कोरियाको ब्युटिफुल स्टोरको सहयोगमा खाद्यान्न, अस्थायी घर निर्माण र ओढ्ने सिरक वितरण गरिएको सुखवती संस्थाका अध्यक्ष चिजमान गुरुङले नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गरेर फोटोग्राफी मार्फत दिने सन्देश वास्तविक र यथार्थ हुने भएकोले यस प्रकारको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनमा फलदायी हुने बताउनुभयो ।

सुखवती संस्थाले भूकम्पपीडित दोलखा, सिन्धुपाल्चोक, गोरखा, रसुवा र धादिङका तीन हजार परिवारलाई सुख बाँडौँ भन्ने अभियानसहित सिरक वितण गर्ने कार्यक्रम राखेको छ । पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको बतासे गाविसको दुई वडाका १९७ घरपरिवारलाई रु चार लाख ५५ हजार बराबरको ३९४ सिरक वितरण गरिएको सुखवतीका अध्यक्ष गुरुङले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter