• Sunday, April 20, 2025

माउन्टेन बाइक महोत्सव हुने

Mountain bikeकाठमाडौँ, २० कात्तिक । नेपाल पर्यटन बोर्डसहित विभिन्न साइक्लिङ संस्थाहरुको संयुक्त आयोजनामा आगामी मङ्सिर ४ देखि ६ गतेसम्म ‘जाइन्ट काठमाडौँ माउन्टेन बाइक महोत्सव–२०१५’ हुने भएको छ ।

यसको अन्य आयोजकहरुमा नेपाल साइक्लिङ एसोसिएसन, फन्टेस्टिक होलिडेज नेपाल, जाइन्ट साइकल र लाइफ साइकल नेपाल रहेको छ । सत्तरी प्रतिशत नेपाली र ३० प्रतिशत विदेशीको सहभागिता रहने सो प्रतियोगितामा क्रस कन्ट्रीतर्फ १५० र डाउन हिल प्रतियोगितामा ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

ललितपुरको हात्तीवनमा आयोजना हुने सो प्रतियोगितामा क्रस कन्ट्रीमा सहभागी प्रतिस्पर्धीले चार किलोमिटर र डाउन हिलमा भाग लिनेले दुई किलोमिटर यात्रा तय गर्नुपर्नेछ ।

फन्टेस्टिक होलिडेज नेपालका अध्यक्ष भूपेन्द्र श्रेष्ठले माउन्टेन बाइकका लागि नेपाल एउटा प्राकृतिक खेल मैदान नै भएको टिप्पणी गर्दै माउन्टेन बाइकको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका निर्देशक सुशील शर्माले पर्यटन बोर्डले पर्यटकलाई नेपालको भ्रमण गराउन उत्प्रेरित गर्न विविध कार्यक्रम गर्दै आएको बताउनुभयो । लाइफ साइकल नेपालका अध्यक्ष निराकार याक्थुम्बाले साइकल प्रतिस्पर्धाका साथै साङ्गीतिक कार्यक्रम तथा कलाकारको पनि सहभागिता रहने जानकारी दिनुभयो ।

नेपाल साइक्लिङ एसोसिएसनका उपाध्यक्ष उपेन्द्रशम्शेर राणाले नेपालमा सन् २००७ देखि माउन्टेन बाइक च्याम्पियनसिप भइआएको जानकारी दिँदै उत्तर दक्षिण ७५ किलोमिटर दूरी रहेको नेपालमा माउन्टेन बाइक चलाउनका लागि आवश्यक सबै प्रकारको आधारहरु रहेको बताउनुभयो ।

उहाँले नेपालले हरेक बर्ष एसियन साइकल च्याम्पियनसिपमा भाग लिँदै आएको र यहाँ साइकल चढ्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter