• Monday, April 14, 2025

हामीकहाँ जुनसुकै क्षेत्र पनि लगानीका हिसाबले स्वच्छ (virgin) छन् : जीवा लामिछाने  भुतपूर्व अध्यक्ष गैरआवासीय नेपाली संघ (एनआएनए)  

Jiba Lamichhaneजीवाजी हाल के मा व्यस्त हुनुहुन्छ र नेपालको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ  ?

म आफ्नो नियमित काममा ब्यस्त छु ! मेरो ब्यबसाय,परिवार,मेरा आफ्ना रुचिका क्षेत्रहरु ( यात्रा, अध्ययन, लेखन ) तथा बिभिन्न सामाजिक संघ- संस्था संगको आवद्दतामा मेरो समय व्यतित हुन्छ !

अहिले देशको अबस्थालाई निक्कै गम्भीर रुपमा लिएको छु ! देशले नयाँ संबिधान पाए पछी राजनीतिक स्थिरता कायम रही आर्थीक विकास तर्फ देश उन्मुख हुनेछ भन्ने हाम्रो अनुमान बिपरित अहिले झन् कठिन परिस्थिति सिर्जना हुनु दुभार्ग्यपूर्ण कुरा हो ! मधेशमा आन्दोलनरत समुह पनि नेपाली नै हुन ! उनीहरुले उठाएका जायज कुराहरु बार्ताद्वारा समाधान गरिनु पर्दछ ! तर मधेशको नाममा भारतबाट भई रहेको हस्तक्षेप कुनै पनि नेपालीलाई मान्य छैन !

तपाइसंग बिभिन्न देशको समेत अनुभव रहेको छ नेपालको हालै जारी भएको संविधानलाई कसरी हेर्नुभएको छ ?

नयाँ संबिधानका धेरै दफाहरु दोहोर्याएर पढेको छु ! यो संबिधानले निक्कै उदार भएर धेरै कुराहरु समेटेको छ जस्तो लाग्छ ! बिशेष गरि नागरिकताको हकमा अहिलेको सम्बिधान् निक्कै नै उदार छ ! नागरिकताको हकमा केहि व्यक्ति / पार्टीहरुले मधेसतिर सर्बसाधारणहरुमा भ्रम सिर्जना गराउन खोजेको जस्तो देखियो !

भारत आफैंले समेत अभ्यास नगरेको कुरा नेपालको नयाँ संबिधानमा लाध्न चाही रहेको छ ! जनसंख्याको आधारमा प्रतिनिधि हुनु पर्यो भन्ने कुरा सुन्दा ठिक जस्तो लागे पनि हाम्रो जस्तो भौगोलिक अवस्था रहेको देशमा ब्यबहारिक हुन सक्दैन ! सिक्किमको जनसंख्या जम्मा ६ लाख छ ! सिक्किमबाट भारतको लोकसभामा १ जना प्रतिनिधि छानिन्छन ! जबकी झन्डै २१ करोड जनसंख्या रहेको युपीले लोकसभामा जम्मा ८०  मात्रै सिट पाएको छ ! सिक्किमको जनसंख्याको अनुपातमा युपीले सिट पाउने हो भने त्यो संख्या ३५० भन्दा बढी हुनु पर्ने हो ! अरु राज्यको अवस्था पनि त्यस्तै हो !

अंगिकृत नागरिकको हकमा पनि कुरा त्यहि हो ! भारत आफैंले पनि त्यसमा सिमितता तोकेको छ ! बिश्वमा केहि अपबाद मुलुक बाहेक धेरै देशहरुले अंगिकृत नागरिकको हकमा केहि सिमा / बन्धन राखेका  हुन्छन !  हामी कहाँ अंगिकृत नागरिक हरुले रास्ट्रपति / प्रधान मन्त्रि जस्ता महत्वपुर्ण पदमा समेत लड्न पाउनु पर्छ भन्नु को पाचादी कस्तो नियत छ भन्ने बुझन गार्हो छैन !

नेपाल लामो समयसम्म राजनैतीक अस्थिरताबाट गुज्रिरहेको छ तसर्थ संबिधान जारी भैसकेको अवस्थामा देशको प्राथमीकता के हुनुपर्दछ ?

अब हाम्रो मुख्य प्राथमिकता दिगो शान्ति, राजनैतिक स्थिरता र आर्थिक समृद्धि नै हुनु पर्छ ! हामीले धेरै राजनैतिक क्रान्ति गर्यौं ! आर्थीक समृद्दी वा आर्थिक क्रान्ति बिना जतिसुकै राजनैतिक क्रान्ति गरे पनि त्यो दिगो हुँदैन भन्ने कुरा हाम्रो आफ्नै र अरु देशहरुको ईतिहासबाट समेत हामीले देखिसकेका छौं !

आगामी दिनमा देश सम्वृद्घितर्पm अगाडी बढ्छ भन्ने कुरामा तपाई कत्तिको आशावादी हुनुहुन्छ ?

म एकदम आसाबादी छु ! अहिलेको अस्थिरता अस्थायी phenomenon मात्रै हो ! हामीकहाँ जुनसुकै क्षेत्र पनि लगानीका हिसाबले virgin रहेकोले पनि म यहाँ प्रसस्त सम्भावना देखिरहेको छु ! मलाई विश्वास छ हाम्रो जीवनकाल मै समृद्ध नेपाल हामी देख्न सक्नेछौँ !

आर्थिक विकासका लागि नेपालको प्राथमिकता के हुनुपर्दछ ?

आर्थिक विकासका लागि केहि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्छ ! लेनिनले १९१७ को अक्टोबर क्रान्ति पछी सम्पूर्ण देशलाई पूर्णरुपले विद्युतीकरण गर्ने अभियानलाई उच्च प्राथमिकतामा राखेका थिए ! त्यस पछी मात्रै देश औधोगीकरण र अन्य क्षेत्रतर्फ अगाडी बढ्न थाल्यो ! २१ सौं शताब्दीमा विद्युतीकरणको महत्व झनै बढेको छ ! हामीले पनि सबैभन्दा पहिला हामीसंग रहेको अपार जलसम्पदाको उपयोग गरि बिद्युत उत्पादनमा जोड दिनु पर्छ ! त्यस पछी पर्यटन, कृषि लगायत अन्य क्षेत्रको विकास सहज हुन सक्छ !

एनआरएनका मागहरु सम्वोधन गर्न सरकार सहयोगी भएको जस्तो महशुस गर्नुभएको छ ? एनआरएनलाई नेपालमा आफ्नो पूँजी र सिप लगानी गर्नको लागि सहज वातावरणको निर्माण गर्न के गर्नुपर्ला ?

राज्य हाम्रा मुद्धाहरुमा निक्कै सकारात्मक रहेको मैले पाएको छु !  हामीले आफ्नो परिचय स्थापित गर्न, संगठन विस्तार गर्न, नेपाली हुनुको विशेष पहिचान हासिल गर्न र नीतिगत सहुलियतहरूका लागि आवाज उठायौं ! हाम्रा सम्पूर्ण अपेक्षा पूरा नभए पनि अधिकतम पूरा भएका छन् । मैले पछिल्लो समय भन्दै आइ रहेको छु : राज्यका तर्फबाट पाउनुपर्ने कुरा पाइसकेपछि अब दिने पालो हाम्रो भएको छ । अब हाम्रो पहिचान, स्वाभिमान र सम्मान हाम्रै हातमा छ । अमेरिकाका पुर्व रास्ट्रपति जोन एफ. केनेडीले एक पटक भनेका थिए “देशले तिमीलाई के दियो भन्दा पनि देशलाई तिमीले के दिन सक्छौं भन्ने सोच” ! आज हामी यो हैसियत सम्म आइपुग्न हाम्रा बुवा-आमा, आफन्तजान, गुरुबर्ग, हाम्रो समाज र मातृभूमिको निक्कै ठुलो योगदान रहेको छ ! हामीले आर्जन गरेको सफलतामा हाम्रो मातृभूमिको पनि अधिकार रहन्छ !

हामी यो मातृभूमिलाई कति दिन सक्छौँ भन्ने कुराले हामीप्रतिको विश्वास र सम्मानको मात्रा निर्भर हुनेछ ।

बेलाबेलामा एनआरएनले आफ्नो क्षमताअनुसार लगानी गरेनन् भन्ने गुनासो समेत सुनिँदै आएको छ देशको बिकासको लागि एनआरएनहरुको भूमीका कस्तो हुन्छ ?

एनआरएन भनेको बिभिन्न कारणबस विदेशमा रहे पनि भावानात्मक रुपमा नेपाल मै आबद्द भइ रहन चाहने हरुको समुदाय हो ! नेपाली डायस्पोरा पहिलो पुस्ताको डायस्पोरा भएकोले पनि यस्तो भएको होला ! हामी बिदेशमा संघर्ष गरेर भर्खरै स्थापित हुन प्रयास गरिरहेको समुदाय भएकोले आफ्नो जन्मभूमिका लागि चाहेर पनि धेरै ठुलो लगानी वा सामजिक योगदान गर्न सक्ने अझै हाम्रो हैसियत बनिसकेको छैन भन्ने रुपमा हामीलाई बुझीदिनु पर्यो ! हाम्रो क्षमता भन्दा हामीबाट बढी अपेक्षा गरिएको जस्तो मैले अनुभव गरेको छु ! आर्थिक रुपमा ठुलो लगानी गरेर देशको आर्थिक कायापलट गरि हाल्न सक्ने हाम्रो हैसियत अझै बनि सकेको छैन ! हामीले अझै लामो बाटो तय गर्नुछ ।

एनआरएन बिस्तारै धनीहरुको क्लवको रुपमा परिणत हुँदैछ भन्ने आलोचना समेत सुनिन्छ । यो पालीको सम्मेलनमा पनी बिभिन्न प्रकारका चलखेलका कुराहरु आए यसमा तपाइँको प्रतिक्रिया के छ ?

म यसमा पूर्ण सहमत हुन सक्दिन ! नेतृत्व पङ्क्तिमा अहिलेसम्म बिबिध कारणबस उद्यमीसाथीहरु कै बर्च्वस्स रहे पनि एनआरएनए बिदेशमा बस्ने सबै नेपालीहरुको साझा थलो  (common platform) हो ! संघको स्थापनाकाल भएको र नेतृत्व पङ्क्तिमा रहनेले व्यक्तिगत रुपमै धेरै योगदान (contribution) गर्नु पर्ने भएकोले पनि सुरुको समयमा यस्तो भएको हुन सक्छ ! तर अब संघको आर्थीक स्थायित्वका आधारशिलाहरु तयार हुँदै छन् ! त्यसैले अब संघमा योगदान गरेको जो सुकै व्यक्ति पनि नेतृत्वमा आउने संभवाना छ !

यसपटकको निर्वाचन देखिएका केहि त्यस्ता कुराहरुलाई आगामी दिनहरुमा सुधार गर्दै लैजानु पर्छ !

 

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter