संसद्को बैठकमा मोर्चाले मधेस आन्दोलनबारे जानकारी गराउने

Morcha leadersकाठमाडौँ, २१ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु व्यवस्थापिका–संसद्मा राख्ने भएको छ ।

तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ ।

संसद्को आइतबार बस्ने बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरुबीच सहमति भएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

मोर्चामा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टी आबद्ध छन् । यसअघि मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको थियो भने त्यसपछिका कुनै पनि संसदीय प्रक्रियामा सहभागिता जनाएको थिएन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter