• Friday, April 11, 2025

भीमेश्वर मन्दिरलाई सूचीकृत गर्न पहल गर्छु – मन्त्री पोखरेल

Bhimeshwor temple Dolakha

दोलखा, २१ कात्तिक । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको पर्यटन विकासमा टेवा पु¥याउन जिल्लाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल गर्ने बताउनुभएको छ ।

क्षेत्रीय होटल सङ्घ दोलखाको आयोजनामा आज सदरमुकाम चरीकोटमा आयोजित बधाई कार्यक्रममा मन्त्री पोखरेलले भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नसके विदेशबाट समेत दोलखामा पर्यटक आउने र यहाँको समग्र विकास हुने बताउनुभयो ।

दोलखाको क्षेत्र नम्बर २ का सांसदसमेत रहनुभएका मन्त्री पोखरेलले दोलखा जिल्ला पर्यटनका लागि प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा लाग्ने समेत बताउनुभयो ।

उहाँले देशको पर्यटन उद्योग भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण थला परेको भन्दै यसलाई माथि उकास्न आफूले विशेष प्याकेज ल्याउने जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter