सीमानाका बेलहियाबाट इन्धनसहितका तीन सय बढी गाडी नेपाल भित्रिए

gas bullet

लुम्बिनी (रुपन्देही), २९ कात्तिक । रुपन्देहीको बेलहिया नाका (सुनौली)बाट इन्धनसहित मालबाहक साधन नेपाल आउने क्रम बढेको छ ।

आज साँझ ६ बजेसम्ममा बेलहिया नाकाबाट इन्धनका गाडीसहित झन्डै ३०० मालबाहक साधन नेपाल भित्रिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाले दिएको जानकारीअनुसार साँझ ६ बजेसम्मा ३५ वटा डिजेल, २३ वटा एलपी ग्यासका बुलेट नेपाल भित्रिएका छन् भने १९६ बटा मालबाहक ट्रक, ३१ वटा पिकअप भ्यान, २२ वटा पर्यटक सवार बस र अन्य ५९ वटा साधन नेपाल भित्रिएका छन् । आज दिनभर डिजल र एलपी ग्यासका साधन आए पनि पेट्रोलका गाडी भने आएका छैनन् ।

दिउँसो ४ बजेसम्म पाँचवटा एलपी ग्यासका बुलेट र आठवटा डिजलका गाडी आएको साँझ एकाएक इन्धनका गाडी नेपाल आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

सीमानाकामा कुनै पनि खालको अवरोध नभएपछि भारतीय पक्षले निर्वाधरुपमा मालबाहक साधन नेपाल पठाएको हो । शनिबार पनि २५० बढी गाडी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले आन्दोलनरत पक्षबाट सीमानाकामा अवरोध नभए इन्धनलगायतका गाडी निर्वाधरुपमा आउने जानकारी दिनुभयो । आजदेखि कपिलवस्तुका भन्सार नाका पनि सञ्चालन भएको कपिलवस्तु प्रशासनले जनाएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter