बैँसरीका पहिरोपीडितलाई रु ५० लाख सहयोग

myagdi_districtम्याग्दी, ३० कात्तिक । म्याग्दीको बँैसरीका पहिरोपीडितलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो । ४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको बैँसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिले जनाएको छ । विभिन्न दाताले उपलब्ध गराएको नगद तथा जिन्सी सङ्कलन गरी एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरेको समितिका सचिव मनबहादुर पुर्जाले बताउनुभयो ।

उहाँका अनुसार (क) वर्गका पीडितले प्रतिपरिवार दुई लाख रुपैयाँका दरले नगद सहयोग पाएका छन् । क्षतिको आधारमा (क), (ख), (ग), (घ) र (ङ) वर्गमा पीडितलाई विभाजन गरेर राहत वितरण गरिएको हो । सचिव पुर्जाका अनुसार थप सात लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री दाताले पहिरोपीडितलाई दामासाहीका दरले उपलब्ध गराएका छन् । नगदबाहेक विभिन्न क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, भाँडा, पाल, जस्तापाता, फर्निचर लगायतका सामग्री सहयोग भएको छ । २०७२ साल जेठ १० गते राति राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले राम्चे–९ र भगवती–२ बँैसरीको २७ वटा घर पुरिएको थियो । पहिरोका कारण घरबारविहीन भएकामध्ये हाल १८ परिवार पिप्ले–४ राहुपारेमा अस्थायी टहरा बनाएर बसेका छन् ।

बाँकी नौ घरपरिवार अन्य ठाउँमा रहेको आफ्नै घर, आफन्तकहाँ र भाडामा बसेका छन् । विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त भएको सहयोगले पहिरोपीडित पहिलेकै दैनिकीका फर्कन थालेका छन् । पहिरोको पीडा भुल्नलाई र जीविकोपार्जनका लागि अस्थायी टहरामा केरा व्यापार, चिया, खाजा पसल सञ्चालन गरेको बँैसरी पहिरोपीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर कार्कीले बताउनुभयो । सरकारी निकायबाट पुनर्वासका लागि स्थान छनोट गरी आवश्यक व्यवस्था गर्न ढिलाइ भएको पहिरोपीडितले गुनासो गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter