अस्पताल परिसरमा रक्तसञ्चार केन्द्रको निर्माण

map of dangतुलसीपुर (दाङ), ३० कात्तिक । राप्ती अञ्चल अस्पताल तुलसीपुरको परिसरमा तुलसीपुर–५ निवासी समाजसेवी वामदेव शर्माले रक्तसञ्चार केन्द्र भवनको निर्माण गर्न लाग्नुभएको छ ।

उहाँले आफ्नी श्रीमती स्वर्गीय कालिकादेवी आचार्यको स्मृतिमा त्यहाँ रक्तसञ्चार केन्द्र निर्माण गर्न सुरु गर्नुभएको हो । विभिन्न सातवटा कोठा रहने गरी ६० लाख रुपैयाँ लागतमा( स्टिमेट ) गरेर काम अगाडि बढाइएको हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण समितिका सदस्यसचिव यज्ञ केसीले जानकारी दिनुभयो ।

आर्थिक अभाव र उचित स्थानमा जग्गाको उपलब्धता नभएका कारण देखाउँदै
लामो समयदेखि राप्ती अञ्चल अस्पताल परिसरमा रक्तसञ्चार केन्द्रको स्थापना हुन सकेको थिएन । शर्माले कालिकादेवी रक्तसञ्चार केन्द्र नामाकरण हुने गरी रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने सम्पूर्ण रकम आफँैले खर्च गर्ने गरी काम अगाडि बढाइएको र अहिले निर्माण समितिले कामलाई दु्रत गतिमा बढाएको पाउँदा खुसी लागेको बताउनुभयो ।

सोका लागि कालिकादेबी ब्लड बैंक निर्माण समितिसमेत गठन गरिएको छ । निर्माण समितिका संयोजकमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् समाजसेवी बिमल रिजाल रहनुभएको छ । तुलसीपुर क्षेत्रमा ब्लड बैंक नहुँदा यस क्षेत्रका बिरामीले भोग्दै आएको समस्यालाई मध्यनजर गरी आफूहरुले दाताको खोजी गरेर रक्तसञ्चार केन्द्र भवन निर्माणको काम गरिरहेको निर्माण समितिका संयोजक रिजालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter