कामदारको अधिकार संरक्षणका लागि समझदारी

NHRCकाठमाडौँ, ३० कात्तिक । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच नेपाली आप्रवासी कामदारको अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समितिको आमन्त्रणमा आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा अधिकृतद्वय कमल थापा क्षेत्री र कल्पना झासहितको तीन सदस्यीय टोली यही कात्तिक २८ गते कतार पुगेको थियो । सोही अवसरमा आज उक्त सम्झौता भएको हो ।

आप्रवासी नेपाली कामदारको अधिकार संरक्षणका सम्बन्धमा द्विपक्षीय सहयोग आदानप्रदानका सम्बन्धी समझदारीपत्रमा आयोगका अध्यक्ष शर्मा र समितिका अध्यक्ष डा अलिविन अलमारीले हस्ताक्षर गरेको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारीको अवधि चार वर्षको रहनाका साथै आपसी सहमतिबाट अवधि नवीकरण गर्न सकिने जनाइएको छ ।

आयोगकोे टोलीले कतारमा रहेको नेपाली आप्रवासी कामदारको अवस्थाको सम्बन्धमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपाली प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेको थियो । भ्रमणकै क्रममा टोलीले समिति, कतार फाउन्डेसन, आन्तरिक मामला मन्त्रालय कतारका मानवाधिकार विभागका प्रमुखसँग छलफल पनि छलफल गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter