मिथिलाञ्चलमा छठ मनाइँदै

Chhat festivalजनकपुरधाम, १ मङ्सिर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज यहाँ श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ । ज्योतिषशास्त्रअनुसार, छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायणतिर भएकाले कन्या राशिस्थित हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर, प्रभावकारी र मानवका लागि आहलादकारी हुन्छ ।

छठ शब्द षष्ठी शब्दको तद्भव रुप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुँदै अपभ्रंशमा षष्ठी छठ हुन गएको मानिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी, सूर्यषष्ठी व्रत र छठी पर्व भनी उल्लेख रहेको छ । षष्ठीका देवीलाई कार्तिकेयकी पत्नी मानिन्छ र षष्ठी देवीलाई प्रकृतिको छैठौँ अंश र देवसेना पनि भनिन्छ ।

षष्ठी र सूर्य गरी सात अंश बनेको हुँदा मानव जीवनमा सात अङ्गको अधिक महत्व रहेको छ । साक्षात् नारायणका रुपमा सूर्यदेवलाई मान्ने गरिएकाले यो पर्व जनव्रतको रुप लिइसकेकाले परम्परागत नरहेका मानिसले पनि उत्साहका साथ मनाउन थालेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter