• Tuesday, June 10, 2025

सुरक्षा परिषद्को बैठक–देशको समग्र सुरक्षा अवस्थाबारे छलफल

government logoकाठमाडौँ, ३ मङ्सिर । सुरक्षा परिषद्को आजको बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको छ । बैठकमा चारै सुरक्षा निकायका प्रमुखले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले बैठकमा देशको समग्र सुरक्षा स्थितिकाबारे विवेचना, विश्लेषण गरिएको जानकारी दिनुभयो । आपूर्ति व्यवस्थामा देखिएको असहजता र त्यसलाई कसरी समाधान गर्नेबारे बैठक केन्द्रित रहेको उहाँको भनाइ थियो ।

देशमा हाल रहेको इन्धन, ग्यासलाई सहजरुपमा वितरणका लागि आवश्यक व्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थाबारे प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले विवरण प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter