अख्तियारद्वारा इन्धन अनियमितताबारे छानबिन सुरु

Nepal Oil Corporationकाठमाडौँ, ५ मङ्सिर । नेपाल आयल निगमले आयात गरेको इन्धन हराएको भन्दै गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ ।

रुपन्देहीको भलबारी डिपोबाट निगमको थानकोट डिपोका लागि पठाइएको इन्धन निजी क्षेत्रका पेट्रोल पम्पलाई वितरण गरेको भन्ने गुनासो आएपछि आयोगले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द घिमिरेलाई बोलाएर सोधपुछ गरेको हो ।

सो डिपोबाट पठाइएको इन्धन काठमाडौँको एक पेट्रोल पम्पलाई गैरकानुनी तवरले वितरणका लागि पठाइएको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । कुल १२ हजार लिटर डिजल कालोबजारी गर्न लागिएको भन्दै सोबारे गुनासो आएको थियो । यस्तै, आयात भएको इन्धन वितरणमा अनियमितता भएको र कालोबजारी बढेको विषयमा आयोगले चासो व्यक्त गरेको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो ।

उहाँले न्यायोचित र समानुपातिक वितरणका लागि निगमलाई आवश्यक निर्देशन दिइएको, त्यसो हुन नसकेको खण्डमा कारबाहीको भागिदारसमेत हुनुपर्ने भन्दै सचेत गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “इन्धन आयात र वितरणको सन्दर्भमा आयोगले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको छ । दोषीलाई कानुनअनुसार कारबाही हुन्छ ।” आयोगले कालोबजारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाणिज्य विभाग, नेशनल टे«डिङ लि र साल्ट टे«डिङ लिलाई निर्देशन दिइसकेको छ ।

नातागोता, शक्ति, पहुँच र प्रभावका आधारमा इन्धन वितरण नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिइसकिएको प्रवक्ता पुस्करको भनाइ छ । यस्तै, मिलेमतोमा कारोबार भए वा गरिएको थाहा हुनासाथ सम्बन्धित निकायमा खबर गर्नसमेत आयोगले आग्रह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter