कालोबजारी नियन्त्रण नभए मन्त्री फिर्ता बोलाइन्छ : अध्यक्ष दाहाल

Prachandaकाठमाडौँ, ५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कालोबजारी र अनियमितता नियन्त्रण गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

नेपाल सम्वत्को नयाँबर्षको अवसरमा एमाओवादी कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्कटको समयमा कालोबजारी नियन्त्रण गर्न असफल भए तुरुन्त मन्त्रीबाट फिर्ता बोलाइने बताउनुभयो ।

उहाँले भन्नुभयो– “भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन, कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउँछु । कोही कसैलाई पनि छुट दिने पक्षमा आफू छैन । जनताको दुःखमा कोही पनि रमिते बन्न पाउँदैन र मिल्दैन ।”

उच्चस्तरीय समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गर्नुभयो । नेपाल र नेपाली जनताले संविधान बनाएबापत भारतको नाकाबन्दी खेप्नुपरेको उल्लेख गर्दै उहाँले विषम अवस्थामा जनताले देखाएको धैर्यता र राष्ट्रिय स्वाभिमानलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।

समानुपातिक, समावेशीसहितको दक्षिण एसियाकै उत्कृष्ट र गतिशील संविधान जारी भएको बताउँदै उहाँले आगामी दिनमा त्यसमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकले भोग्नुपरेको विषम अवस्थालाई अवसरमा परिणत गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने समय आएकाले त्यसतर्फ सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

भूकम्पको समयमा जनताले भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै सरकारको विरोध गर्ने जस्तो सङ्किर्ण राजनीतिमा आफूहरु नलागी सरकारलाई २७ बुँदे सङ्कल्प प्रस्ताव पारित गर्न लगाइ सहयोग गरेको स्मरण गर्नुभयो । जनता र मुलुकलाई केन्द्रमा राखेर निष्ठा र मूल्यको राजनीतिक संस्कार स्थापना गरेको उल्लेख गर्दै उहाँले हालको सङ्कटको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनीकन एकताबद्ध भएर अगाडि बढ्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो ।

शान्ति प्रक्रियालाई पूर्णता प्रदान गर्दा आफ्नो पार्टी फुटेको र संविधान जारी भएपछि पनि पार्टीले क्षति व्यहोर्नु परेको भन्दै उहाँले नेकपा–माओवादीसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो– “विभिन्न रुपमा रहेका माओवादी पार्टी अब एक ढिक्का हुन्छ र जनतामा जान्छ । जो एकता प्रक्रियामा आउँदैन त्यसले मुलुक र जनताप्रति ठूलो भूल गरेको ठहरिनेछ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter