आधुनिक सेवासहितको अस्पताल सञ्चालन

parbat_districtपर्वत, ६ मङ्सिर । धुलिखेल अस्पताल काभ्रेको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको एक विकट गाउँमा आधुनिक सेवा सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ ।

आर्थिक अभावमा स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम गाउँका सर्वसाधारण जनतालाई सेवा दिने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । धेरै रकम खर्च गरेर पोखरा काठमाडौँ जान नसक्ने बिरामीलाई लक्षित गर्दै गाउँमै नियमित स्वास्थ्य जाँच, अल्ट्रासाउन्ड, इसिजी, माइनर र मेजर शल्यक्रियालगायतका सेवा दिने गरी अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताल सञ्चालक समितिका संयोजक भोलानाथ शर्मा लम्सालका अनुसार – “अहिले सुरुवात मात्रै गरेका छौँ । केन्द्रको सबै व्यवस्थापन धुलिखेल अस्पतालले गर्ने बताइएको छ । अस्पतालमा अहिले आठ श्यया रहेका छन् ।”

केन्द्रबाट फलेवास क्षेत्रका खानीगाउँ, देवीस्थान, मुडिकुवा, शङ्खरपोखरी, ठानामौला, लिमिठाना, कुर्घाका साथै छिमेकी जिल्ला बागलुङका एक दर्जन गाविस लाभान्वित हुने लम्सालले बताउनुभयो । अस्पतालले स्थानीय जनतालाई सहज सेवा दिन न्यूनतम रु १० मा स्वास्थ्य जाँच गर्ने जनाइएको छ ।

केन्द्रको शनिबार एक कार्यक्रमका बीच जर्मन रोटरी भोलेन्टियर डा इभी जर्गवर्ग र धुलिखेल अस्पतालका प्रबन्ध निर्देशक डा राजेन्द्र कोजुले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै जर्मन भोलेन्टियर जर्गवर्गले दुर्गम गाउँमा रहेर स्वास्थ्य सेवाबाट वञ्चित बनेका समुदायलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य केन्द्रको भवन बनाउन सहयोग गरेको र यो सहयोग निरन्तर रहने बताउनुभयो ।
कार्यक्रममा धुलिखेल अस्पतालका प्रबन्ध निर्देशक कोजुले आफूहरुको सेवा दुर्गमसम्म पु¥याउने योजनाअनुरुप यस क्षेत्रमा केन्द्र सञ्चालन गरेको र केन्द्रलाई समुदायको माग र चापका आधारमा विस्तार गरिने बताउनुभयो । उहाँले यस केन्द्रबाट नियमित रुपमा स्वास्थ्य जाँच सेवा मासिक रुपमा विशेषज्ञ सेवा, आकस्मिक सेवा तथा फार्मेसी सेवाका साथै विभिन्न उपकरणमार्फत आधुनिक उपचार सेवा दिइने उल्लेख गर्नु भयो ।

कार्यक्रममा पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले धुलिखेल अस्पतालले दुर्गम गाउँमा केन्द्र सञ्चालन गरेर आमसर्वसाधारणलाई सेवा दिने योजना बनाएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

फलेवासस्थित खानीगाउँमा विगत एक दशकदेखि सञ्चालनमा रहेको हेल्पिङ हेन्डस् सामुदायिक अस्पतालको सञ्चालनमा कठिनाइ भएपछि धुलिखेल अस्पताललाई जिम्मा दिइएको हो ।

सामुदायिक अस्पतालले समेत लामो समयदेखि स्थानीय गाउँका साथै आसपासका क्षेत्रमा रहेका बिरामीलाई सेवा दिँदै आएको थियो । सामुदायिक अस्पताल सञ्चालनमा कठिनाइ भएपछि धुलिखेल अस्पतालमार्फत नयाँ भवन बनाएर केन्द्र सञ्चालनमा ल्याइएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter