• Friday, April 11, 2025

साहसिक पर्यटन प्रवद्र्धनका लागि जलयात्रा हुँदै

visit_nepal_whitewater_raftingकाठमाडौँ, ७ मङ्सिर । नेपालमा साहसिक पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्टस (नारा)ले यही मङ्सिर ११ गतेदेखि १४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

गत वैशाखको विनाशकारी भूकम्पपछिको असहज परिस्थितिमा पनि नेपाल भ्रमणमा आउने पर्यटकको आकर्षणलाई कम हुन नदिन हरेक वर्ष झैँ यो वर्ष साहसिक जलयात्रालाई जारी राखेको नाराले जनाएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले त्रिशूली नदीमा आयोजना गरिने तीनदिने सो प्रतियोगितामा अस्ट्रेलिया, क्यानाडा, अमेरिका, जर्मनी, नर्वे, चीन, भारतलगायत २० भन्दा बढी मुलुकका विदेशी र स्वदेशी गरी ५०० जनाको सहभागिता रहने जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले भूकम्पपछि नेपालको जलयात्रा सुरक्षित छ र जलयात्रा पर्यटकलाई खुल्ला रहेको जानकारी दिन प्रतियोगिता फलदायी हुने बताउनुभयो । नेपालका १६ नदी जलयात्राका लागि खुल्ला छन् ।

चितवनको त्रिशूली नदीको फिस्लिङ र कुरिनटारमा प्रतियोगिता गरिनेछ । विजयी खेलाडीलाई रु छ लाखसम्मको पुरस्कारको व्यवस्था छ ।

जलयात्राका लागि विश्वमा उत्कृष्ट १० नदीमध्ये तीन नदी नेपालमा छन् । भोटेकोसी, सुनकोसी र कर्णाली पाँचौँ, सातौँ र दशौँमा पर्दछन् ।

अध्यक्ष दाहालले प्रतियोगिताका लागि रु २५ लाख लगानी रहेको बताउँदै पर्यटकको सुरक्षाका लागि ७०० रिभर गाइडसहित सुरक्षाकर्मीको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter