• Friday, April 11, 2025

अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु

Hattipoloपरासी, ७ मङ्सिर । नवलपरासीमा पहिलो पटक ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता – २०१५ सुरु भएको छ । यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो ।

सन् १९८२ देखि चितवनको मेघौलीमा सुरु भएको यो खेल पहिलो पटक नवलपरासीको पर्यटकीय गाउँ थारु होमस्टे नजिकै भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीस्थित मध्यवर्ती सामुदायिक वनको चौरमा हात्तीसहित खेलाडीहरु आइतबार मैदानमा उत्रिएर खेलको शुभारम्भ गरेका थिए । तर औपचारिक प्रतिस्पर्धा सोमबारबाट हुँदैछ ।

प्रतियोगितामा अमेरिका,श्रीलङ्का, अस्ट्रेलिया, स्विट्जरल्याड, बेलायत, नेपालका गरी आठवटा समूहका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्छन् ।

पाँच दिनसम्म चल्ने यो खेल हेर्नका लागि विदेशी तथा स्वदेशी पाहुनाहरु अमटारी थारु होमस्टेमा आएका छन् । यो खेलका लागि घरेलु समूहमा टाइगर टप्स नेपाल र थारु टाइगर्स रहेको छ ।

गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा भएको यो खेल यस वर्ष यहाँ आयोजना गरिएको हो । टाइगर टप्स होटलको आयोजनामा बर्सेनि यो खेल हुने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter