अन्तर्राष्ट्रिय हात्तीपोलोःनेपालसहित चार देश विजयी

Hattipoloपरासी, ८ मङ्सिर । नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् । जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् ।

पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । जसमा गिरिपिन्सले चार गोल गरेको थियो भने टस्करले आठ गोल गरेको थियो ।

दोस्रो खेल थारु टाइगर्स नेपाल र गोल ओए श्रीलङ्काबीच भएको थियो जसमा थारु टाइगर्सले दुई र ओए श्रीलङ्काले आठ गोल गरेको थियो । तेस्रो खेलमा इएचफजी स्विट्जरल्याड र पुक्का चुक्कास अस्टे«लियाबीच भएको थियो त्यसमा स्विट्जरल्यान्डले नौ र अस्टे«लियाले पाँच गोल गरेको थियो । चौथो खेलमा दि ट्रिग्रिसिप अरेवियाले पाँच र दि रस्टी कुर्किस युकेले सात गोल गरेका थिए ।

टाइगर टप्स होटलको आयोजनामा बर्सेनि हुने प्रतियोगिता यस वर्ष नवलपरासीको कावासोती– १५ अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी छ । यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।

प्रतियोगिताअन्तर्गत आज पनि चारवटा खेल हुँदै छन् । पहिलो खेलमा इङ्ल्याण्ड र श्रीलङ्का भिड्ने छन् । त्यसैगरी दोस्रो खेलमा अमेरिका र स्विड्जरल्याण्ड भिड्ने छन् भने तेस्रो खेलमा अरविया र नेपालको थारु लज टाइगर भिड्ने छन् । चौथो खेलमा टाइगर टप्स टस्कर र पक्क चक्क अस्ट्रेलियाबीच खेल हुने व्यवस्थापक डिबी चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगिता अवलोकनका लागि विदेशी पर्यटकका अलावा स्थानीयवासी सर्वसाधारणको समेत भीड बढेको छ । प्रतियोगिता यही मङ्सिर ११ गतेसम्म सञ्चालन हुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter