बेपत्ता व्यक्तिहरुको सम्झनामा प्रतीक्षालय निर्माण

missing peopleबैतडी, ८ मङ्सिर । दश वर्षे सशस्त्र द्वन्द्वको समयमा बैतडीमा बेपत्ता भएका व्यक्तिहरुको सम्झनामा प्रतीक्षालय निर्माण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सञ्चालित हातेमालो कार्यक्रमअन्तर्गत बैतडीको चौराहा स्यागैरमा निर्मित प्रतीक्षालयको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लीलामणि अधिकारीले दीप प्रज्वलन गरेर र सिलामा लेखिएका शब्दहरु उच्चारण गरी उद्घाटन गर्नुभएको थियो । जिल्लामा सशस्त्र सङ्घर्षका क्रममा विभिन्न परिवारका नौजना अझै बेपता भएका थिए ।

नेपाल रेडक्रस बैतडी शाखाका सभापति भीमदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्दलगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter