औषधि हस्तान्तरण

NRNA-image-300x225काठमाडौँ, ८ मङ्सिर । भारतीय नाकाबन्दीका कारण औषधिको अभाव सुरु भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गैरआवासीय नेपाली सङ्घले रु ३७ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई सङ्घका अध्यक्ष शेष घले आज यहाँ आयोजित कार्यक्रममा पहिलो चरणमा सो रकम बराबरको औषधि हस्तान्तरण गर्नुभयो । सो अवसरमा स्वास्थ्यमन्त्री चौधरीले सिङ्गो देश समस्यामा रहेका बेला संसारमा विभिन्न स्थानमा रहेका नेपालीले सहयोग गरेकोमा धन्यवाद दिँदै देशमा औषधिको अभाव हुन नदिने वताउनुभयो ।

उहाँले अहिले अन्य दातृ निकायबाट पनि औषधि ल्याउने पहल जारी रहेको र भारतीय सीमामा अड्किएका औषधि ल्याउन सुरु गरिसकिएको जानकारी दिनुभयो । सङ्घका अध्यक्ष घलेले समस्याको समाधान खोज्ने तर्फ लाग्नुपर्नेमा जोड दिँदैे दोस्रो चरणमा रु दुई करोड बराबरको मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

सङ्घले हस्तान्तरण गरेका औषधि आइसियु, आकस्मिक सेवामा प्रयोग हुने आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसेन तिनकुरीले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा शेनेन्द्रराज उप्रेती,वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, महाशाखाका निर्देशक डा तिनकुरी, खोप सुपरभाइजर अधिकृत ओमशर्माको पनि सहभागीता रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter