नेपालको पुनर्निर्माण, आर्थिक एवम् सामाजिक विकास इयूको प्राथमिकता

government logoकाठमाडौँ, ८ मङ््सिर । युरोपेली सङ्घ (इयू)ले नेपालको पुनर्निर्माण, आर्थिक एवम् सामाजिक विकास आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट गर्दै त्यस निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल¬–युरोपेली सङ¬्घ संयुक्त आयोगको नवौँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहनुभएका सङ्घका एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य कार्य सेवा विभागका कायममुकायम प्रबन्ध निर्देशक उको आस्टुटोले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बैठकपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको विकासका लागि सङ्घले उल्लेख्य आर्थिक सहयोगको व्यवस्था गरेको बताउनुभयो । आगामी पाँच वर्षका लागि सङ्घले विकास सहयोगस्वरुप ३६ करोड युरो प्रदान गर्ने जानकारी दिँदै उहाँले यसअघि त्यति नै अवधिका निम्ति नेपाललाई ११ करोड ४० लाख युरो उपलब्ध गराइएको बताउनुभयो ।

शिक्षा, दिगो ग्रामीण विकास, लोकतन्त्र र विकेन्द्रीकरणका निम्ति सङ्घले सहायता राशीमा तेब्बरले वृद्धि गरेको जानकारी पनि उहाँले दिनुभयो । नेपालको व्यापार विस्तार एवम् लगानीका लागि पनि सङ्घले आवश्यक मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दीर्घकालीन आर्थिक विकास नै सङ्घको उद्देश्य भएको स्पष्ट गर्नुभयो ।

युरोपेली लगानी बैंकमार्फत त्यस्तो सहायता गर्ने सोच सङ्घको रहेको पनि उहाँले बताउनुभयो । नयाँ संविधान जारी हुनु नेपालका निम्ति ऐतिहासिक उपलब्धि भएको भन्दै उहाँले नेपाल–भारत सिमा नाकामा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति सम्बद्ध पक्षबीच वार्ता, संवाद र सहमति हुनुपर्नेमा जोड दिनुभयो । सहमतिको भावनाका साथ संवाद हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सबै पक्ष वार्तामा बस्नुपर्ने बताउनुभयो । यद्यपि उहाँले भारतको नाम उच्चारण गर्नुभएन । शीघ्र पुनर्निर्माण प्राधिकरण गठन भई भूकम्पपछिको पुनर्निर्माणका काम द्रुत गतिमा कार्यान्वयन हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter