मानवीय सङ्कट पैदा भएकोमा मानवअधिकार उच्चायोगको चिन्ता

ohchr_logoकाठमाडौँ, ८ मङ्सिर । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायोगले नेपाल—भारत सीमा क्षेत्रमा भईरहेको तनावका कारण मानवीय सङ्कट पैदा भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नेपालीले पछिल्लो समयमा भोग्नुपरेको समस्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उच्चायोगले अत्यावश्यकीय सामान आपूर्तिका लागि सुरक्षित मार्ग उपलब्ध गराउन र मानवअधिकारको सम्मान गर्न समेत जोड दिएको छ ।

उच्चायोगका प्रवक्ता रविना सम्दासनीले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको पछिल्लो अवस्था सङ्कटपूर्ण रहेको र दैनिक जनजीवन कष्टकर भएको भन्दै वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न सम्वद्ध पक्षलाई आग्रह समेत गर्नुभएको छ ।

विज्ञप्तिमा सरकार र आन्दोलनरत पक्षलाई संयमित हुन भन्दै मानवीय सङ्कटको समाधान खोज्न समेत आग्रह गरिएको छ ।

खाना पकाउने ग्यास, औषधि, अत्यावश्यकीय सामग्रीको भण्डारण सकिएको र मुलुकमा मानवीय सङ्कट बढेको उल्लेख गर्दै विज्ञप्तिमा मानवीय सङ्कट बढेको र त्यसले जनता र मुलुकलाई निकै ठूलो असर परेकाले समस्या समाधानमा लाग्न जोड दिइएको छ ।

अत्यावश्कीय सामग्रीको ढुवानी हुन नदिनु मानवअधिकारको गम्भीर उल्लङ्घन हो भन्दै उच्चायोगले अन्तर्राष्ट्रिय मानवीय कानुनको विपरीत हुने कुनै पनि गतिविधि नगर्न र निर्वाध बाँच्न पाउने अधिकारको हनन नगर्न र त्यसमा सबैको ध्यान जान जरुरी रहेकोमा ध्यानाकर्षण गराएको छ ।

नेपाल—भारत सीमाक्षेत्रमा रहेको अवरोध तत्काल हटाउन आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा तराई मधेसमा बढ्दो हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । नेपालमा मानवीय सङ्कट पैदा भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले अन्तर्राष्ट्रिय सङ्घ संस्थालाई ध्यानाकर्षण गराउने यसअघि नै सार्वजनिक गरेको थियो ।

नेपालको तर्फबाट केही समय पहिले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले अघोषित नाकाबन्दीका कारण मुलुक मानवीय सङ्कटमा फसेको अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले पनि यसअघि नेपालमा मानवीय सङ्कट पैदा भएको उल्लेख गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter