उपल्लो मुस्ताङमा चीनबाट इन्धन आयात

Mustangमुस्ताङ, ९ मङ्सिर । उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् ।

आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् । उपल्लो मुस्ताङका लोमान्थाङ, घमी, सुर्खाङ, छोसेर लगायत क्षेत्रमा चीनबाटै आयात गरिएका इन्धनबाट मोटरसाइकल, जिप तथा मालवाहक ट्रक सञ्चालन भइरहेका छन् । चीनको ढोङवासेन जिल्लामा पुगेर त्यहाँका डिपोबाट इन्धन लिने गरेको लोमान्थाङका व्यवसायी पासाङ गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसरी ल्याइएका इन्धन युरो–४ मापदण्डको हुन्छ । कालीगण्डकी करिडोरअन्तर्गत छोसेर गाविसमा पर्ने कोरला नाकासम्म सडक सञ्जालको पहुँच विस्तार भएका कारण उपल्लो मुस्ताङका छ गाविसमा सवारीसाधनको सङ्ख्या पनि बढ्दै गएको छ । ती क्षेत्रमा सञ्चालित अधिकांश मोटरसाइकल चीनबाट अवैध रुपमा ल्याइएका छन् । सीमा प्रशासन कार्यालयले कानुनी दायरामा ल्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । त्यस्ता मोटरसाइकल कागबेनीदेखि तल सञ्चालन नहुने स्थानीयवासीले जानकारी दिएका छन् ।

जोमसोम–मुक्तिनाथ सडकखण्डमा सञ्चालन हुने दर्जनभन्दा बढी जिप पनि चीनबाट आयात गरिएका इन्धन नै प्रयोग गर्ने गरेको व्यवसायी गुरुङले जानकारी दिनुभयो । उपल्लो मुस्ताङका व्यवसायीले तल्लो क्षेत्रका व्यवसायीलाई समेत इन्धन उपहार पठाउने गरेका छन् । “लोमान्थाङबाट एक दिनमा गएर इन्धन ल्याएर आउन सकिन्छ”, व्यवसायी गुरुङले भन्नुभयो । मुस्ताङमा स्थानीय यातायात व्यवसायीले आफूलाई करिब छ महिना चाहिने इन्धन भण्डारण समेत गर्ने भएकाले जिल्लामा अहिले खासै समस्या नभएको यातायात व्यवसायीको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter