केन्द्रीय अस्पताललाई औषधि वितरण

thO9A7YFY2

काठमाडौँ, ९ मङ्सिर । स्वास्थ्य मन्त्रालयले प्रथम चरणमा उपत्यकाका तीन अस्पताललार्ई आवश्यक औषधि वितरण गरेको छ ।

केन्द्रीय अस्पतालले बुझाएका आवश्यक औषधिको सूचीअनुसार औषधि वितरण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक तथा औषधि सहज बनाउन गठित कार्यदलका संयोजक बालकृष्ण खकुरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “दातृ निकाय, नाकाबाट आएका औषधि तथा विभिन्न संस्थाबाट प्राप्त औषधि डा भगवान कोइराला संयोजक रहनु भएको समितिमार्फत वितरण गरिएको हो ।”

संयोजक खकुरेलले आज पनि सुनौली नाकाबाट औषधि भित्रिएको जानकारी दिनुभयो ।

औषधि वितरण गर्न बनाइएको समितिका संयोजक डा भगवान कोइरालाले आज पुलिस अस्पताल, मनमोहन मेमोरियल अस्पताललगायत तीन अस्पताललाई औषधि वितरण गरिएको जानकारी दिनुभयो ।

संयोजक डा कोइरालाले भन्नुभयो– “प्रथम चरणको औषधि वितरण गर्ने कार्य सुरु गरिसकेका छौँ, अब दुईचार दिनमा बाँकी औषधि आउने क्रम जारी छ अब औषधिको समस्या समाधान हुन्छ ।” अन्य अस्पतालको सूची आउने क्रम जारी रहेको र सूची आएपछि अन्य अस्पताललाई पनि औषधि वितरण गरिने उहाँको भनाई छ ।

तर, औषधिको आवश्यक भएको वीर अस्पतालले सूची बुझाइसकेको भए पनि औषधि नपाएको जनाएको छ । वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितले आफूहरुले आवश्यक औषधिको सूची बुझाइसकेको भए पनि औषधि प्राप्त नगरेको बताउनुभयो । “औषधिको लिस्ट बुझाएका छौँ, प्रक्रिया मिलाउदैँ छौँ भन्ने जवाफ आएको छ”– उहाँले भन्नुभयो ।

सिभिल अस्पतलालका निर्देशक डा विनयकुमार थापाले भने मन्त्रालयले दिने पहिलो चरणको औषधि आफूहरुसँग मौज्जात रहेकाले अरु नभएका अस्पताललाई दिन जवाफ दिएको बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter