तरकारीखेती र बङ्गुरपालनबाट मासिक तीन लाख आम्दानी

 pig

बलेवा (बागलुङ),  मङ्सिर । हटियाका एक युवक व्यावसायिक तरकारीखेती र बङ्गुरपालनबाट मासिक रु तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

युवा अवस्थाको अमूल्य नौ वर्ष मलेसिया र साउदी अरबमा पसिना बगाएका हटिया–८ चमुवाका ४१ वर्षीय सोमबहादुर सार्कीले गाउँमै तरकारी र बङ्गुरको पाठा बेचेर मासिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ ।

छ वटा प्लास्टिक टनेलमा गोलभेँडा रोप्नुभएको सार्कीले व्यावसायिकरुपमै बङ्गुरसमेत पाल्नुभएको छ । आफूले उत्पादन गरेको टमाटर बजारसम्म पु¥याउन किनेको एउटा पिकअप जिप पनि उहाँको आम्दानीको स्रोत बनेको छ । “उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन अरुको साधन प्रयोग गर्दा समस्या हुन थालेपछि आफँैले पिकअप खरिद गरेको हँु,” सार्कीले भन्नुभयो – “तरकारी र बङ्गुरको दाना बोक्न मात्रै हैन यात्रु बोक्न र हटिया बजारसम्म पु¥याउन पनि जिपलाई उपयोगमा ल्याएको छु ।”

तरकारी तथा बङ्गुरका पाठापाठी बिक्री र जिपबाट समेत गरी रु तीन लाखको हाराहारीका मासिक आम्दानी हुने गरेको सार्कीले बताउनुभयो ।

चार वर्ष साउदी र पाँच वर्ष मलेसियामा कमाएको रु चार लाख ७० हजारले हटियामा किनेको १६ रोपनी जग्गामा तरकारीखेती र बङ्गुर पाल्नुभएका सार्कीले दैनिक रु १२ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । आठ वर्ष अगाडि विदेशबाट फर्किएर बङ्गुर पाल्न सुरु गर्नुभएका सार्कीले बङ्गुरको मललाई व्यवस्थापन गर्न तरकारीखेती सुरु गरेको भए पनि अहिले सोही तरकारीखेती मुख्य पेसा बन्न पुगेको छ ।

छोराछोरीको रु ३० परीक्षा शुल्कसमेत तिर्न नसकेको तितो अनुभव बोकेर विदेश जानुभएका सार्कीले पैसा कमाएपछि नेपालमै केही गर्नुपर्छ भन्ने भावना करन अर्जुन फार्म हाउस सञ्चालनमा ल्याउनुभएको छ । “सुरुका दिनमा वैदेशिक रोजगारी छोडेर बङ्गुर पालेको देखेर सबैले होच्याउने गर्थे, विदेशमा गरिखान नसकेर यो उमेरमा नेपालमा भुल्ने उपाय गरेको छ भनेर कुरासमेत काट्ने गर्दथे, तर अहिले मेरै सिको गर्न थालेका छन्, खुसी लाग्छ,” सार्कीले भन्नुभयो ।

सार्कीकोमा अहिले ल्यान ड्रसे र एर्क सायर प्रजातिका पाँच माउ बङ्गुर र तिनका १६ वटा वर्णशङ्कर प्रजातिका पाठापाठी रहेका छन् । आफूूले उत्पादन गरेको तरकारीको हटिया बजारमा बिक्री वितरण गर्ने गरेको बताउनुहुने सार्की यही पेसालाई जीवनभर निरन्तरता दिने सोचमा हुनुहुन्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter