• Friday, April 11, 2025

पशुपतिका सम्पदा बनाइदिने प्रस्ताव

 pashuptinath

काठमाडौँ, १३ मङ्सिर । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्व बोकेको विश्वरुपा मन्दिर पुनःनिर्माणका लागि सहयोगको प्रस्ताव आएको छ ।

भूकम्पले जीर्ण बनेको मन्दिर भदौ ४ गते रातिको वर्षाले भत्किएको थियो । मन्दिर भत्किएपछि पशुपति क्षेत्र विकास कोषले पुनःनिर्माणका लागि सार्वजनिक आह्वान गरेको थियो । आह्वानपछि नेपाल महर्षि वैदिक फाउन्डेसनले मन्दिर पुनःनिर्माणका लागि लिखित प्रस्ताव गरेको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

फाउन्डेसनका अध्यक्ष एवम् पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाको नेतृत्वमा महर्षि अभियानका अन्तर्राष्ट्रिय व्यक्तित्व समेत संलग्न समूहले कोषमा लिखित पत्रसहित प्रस्ताव गरेको छ । मन्दिरको पुनःनिर्माण गरी वैदिक गुरुकुल सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । यसअघि फाउन्डेसनले विसं २०६५ देखि राष्ट्र शान्तिको सङ्कल्पसहित वैदिक रुद्राभिषेक गर्दै आएको थियो ।

“फाउन्डेसनले विश्वरुपा मन्दिर र वरिपरिका चार वटा सत्तल बनाउने प्रस्ताव गरेको छ, मन्दिरसमेत सत्तल निर्माणका लागि रु २५ करोड लाग्ने प्रारम्भिक नापजाँचबाट देखिएको छ, यससम्बन्धी विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पठाइएको छ,” उहाँले भन्नुभयो ।

महर्षिको विश्वव्यापी अभियानको यज्ञ हेर्ने राजा लुइस, नेपाललगायत एसियाका १४ देश हेर्ने महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट अमेरिकाका अन्तर्राष्ट्रिय विकास निर्देशक डा किङ्स्ली ब्रुक्सलगायत सात जनाको समूहले यस्तो प्रस्ताव ल्याएको उहाँले बताउनुभयो ।

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका सम्पदा निर्माणका लागि रु एक अर्ब ५० करोड लाग्ने प्रारम्भिक नापजाँच प्रतिवेदनबाट देखिएको छ । विसं १९१९ मा जङ्गबहादुर राणाले विश्वरुपा मन्दिरको स्थापना गरी वसन्तपुरको नासलचोकमा असरल्ल रहेको मल्लकालीन मूर्ति ल्याई पूजाको व्यवस्था मिलाइएको थियो । गुम्बजशैलीमा निर्माण गरिएको मन्दिरको बाहिरपट्टि उत्तरी भागमा नेपाल भोटबीच युद्ध हुँदा बाटामा भेटी ल्याइएको भैरवको मूर्ति स्थापना गरिएको थियो ।

“भदौसम्म मन्दिरमा पूजा गरिएकामा पूरै भाग भत्किएपछि नित्य पूजा चलाउन नसकिएको र ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक दृष्टिले महत्वपूर्ण मूर्ति संरक्षणको चिन्ता भएकामा दाता आउन थालेकाले आशा जागेको छ,” डा टण्डनले भन्नुभयो ।रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter