विज्ञान तथा प्रविधिको विकासविना देश विकास असम्भव ः प्रम ओली

KP Oli POlice Day

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री एवम् नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको ३७ औँ प्राज्ञसभा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

सभाले प्रतिष्ठानबाट विज्ञान प्रविधिका क्षेत्रमा उत्कृष्ट योगदान दिने विभिन्न व्यक्ति÷संस्थालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

यसअनुरुप रु दुई लाख राशिको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार प्रा डा छविलाल गजुरेल (काठमाडौँ) लाई, रु एक लाख राशिको विज्ञान पुरस्कार डा राजेन्द्र ज्ञवाली, रु एक लाख राशिको प्रविधि पुरस्कार डा बालकृष्ण जोशी तथा रु ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार क्रमशः डा मेघनाथ धिमाल, डा शङ्करराज बर्सिला, निशा झा, डा विमला सुब्बा तथा डा दीपकराज भाटलाई प्रदान गरिनेछ ।

त्यसैगरी, रु ५० हजार राशिको प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार क्रमशः प्रा डा शम्भुप्रसाद (पटेल), डा राजीव सुब्बा, अमेरिकी डलर एक हजार राशिको विश्व विज्ञान प्रज्ञा प्रतिष्ठान पुरस्कार क्रमशः डा यादव उप्रेती र डा विष्णुप्रसाद पाण्डेलाई, दयानन्द वज्राचार्य अनुसन्धान पुरस्कार केनेथ शाही, प्रमिला पौड्याललाई, मोहनध्वज बस्नेत प्रविधि प्रज्ञा पुरस्कार युवक केसीलाई, भुवनेश्वर प्रविधि पुरस्कार ब्याम्बो एण्ड अर्थ इनिसिएटिभलाई र जीतबहादुर नकर्मी धातु पुरस्कार राजकुमार शाक्यलाई प्रदान गरिने भएको छ ।

यसैवर्ष स्थापित जनही रु एक लाख २५ हजार राशिको नविल विज्ञान तथा प्रविधि पुरस्कार प्रा डा शिवप्रसाद धौभडेल, डा दीपकराज सिंह, प्रा डा सङ्गीता राजभण्डारी र डा दुर्गाप्रसाद सापकोटालाई दिने निर्णय भएको नाष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्राज्ञसभामा प्रधानमन्त्री ओलीले भूकम्पसम्बन्धी पूर्वसूचना दिने प्रविधिको जडान गरेकोमा र भूकम्प प्रतिरोधी सुस्तकारी ढुङ्गेपत्र प्रविधिको विकास गर्न प्रतिष्ठानबाट गरिएको अनुसन्धानको सराहना गर्नुभएको थियो ।

उहाँले सीमित स्रोतका बाबजुद प्रतिष्ठानले वैज्ञानिक अनुसन्धान र प्रविधि विकासका क्षेत्रमा नयाँपन ल्याउन प्रयासरत रहेकोमा खुसी व्यक्त गर्दै विज्ञान तथा प्रविधिको समुचित विकासबिना देश विकास सम्भव नभएकाले वर्तमान सरकार यस क्षेत्रको विकासमा हरतरहको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई विज्ञान प्रविधि विकासका लागि दुईवर्षे विस्तृत कार्ययोजना तयार गरी पेस गर्न निर्देशनसमेत दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा जीवराज पोखरेलले प्रतिष्ठानलाई प्रभावकारी र आत्मनिर्भरतामुखी बनाउन प्रयास गरिने बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter