नारायणगोपालका तस्बिर प्रदर्शनी सुरु

 narayan g

 

काठमाडौँ, ७ फागुन । स्वरसम्राट् नारायणगोपालको २५औँ स्मृति वर्षका अवसरमा नारायणगोपालको युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३०० तस्बिर प्रदर्शन गरिएको छ ।

सांस्कृतिक सङ्ग्राहलय नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको सो प्रदर्शनी यही फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । नारायणगोपाल सङ्गीत कोषको विशेष सहयोगमा आयोजना गरिएको प्रदर्शनीको नारा ‘युगपुरूषलाई सम्झौँ, युगपुरूषलाई सम्मान गरौँ !! भन्ने रहेको छ ।

प्रदर्शनीले नारायणगोपालको साङ्गीतिक क्षेत्रसँग जोडिएको अटुट सम्बन्धका बारेमा एकाकार गराउने भएकाले त्यो समकालीन पुस्ताका लागि मात्र नभएर युवापुस्ताका निम्तिसमेत उपयोगी सावित हुने अपेक्षा गरिएको सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरूण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदर्शनीमा नारायणगोपालले साङ्गीतिक कार्यक्रमका क्रममा नेपालका विभिन्न स्थान र भारत, बङ्गलादेश, म्यान्मा, चीन, थाइल्यान्ड, हङकङ लगायात मुलुकमा भ्रमण गर्दाका विभिन्न तस्बिर राखिएको छ । विसं १९९६ असोज १८ गते जन्मिनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले युगपुरुषहरुलाई तिनको सिर्जना मार्फत जीवित राख्नुपर्नेमा जोड दिनुभयो । सभासद् तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले युगपुरुषहरुको इतिहास संरक्षण गर्न आफ्नो संस्था जुनसुकै योगदान दिन तयार छ भन्नुभयो ।

नेपाली गीतसङ्गीत अध्येता प्रकाश सायमीले आफ्नो जीवनकालमा नारायणगोपालले एक सय सन्ताउन्न गीत गाएकामा ५७ गीतको सङ्गीत आपैmँले भरेको जानकारी दिँदै विसं २०१८मा नेपाली गीत सङ्गीत गरेको स्वरसम्राट्ले नेपाली गीतको सरलीकरण र मानकीकरण गरेको विचार व्यक्त गर्नुभयो । उहाँले नारायणगोपालका बहुआयामिक व्यक्तित्व भएकाले छरिएर रहेका उनका तस्बिरहरु सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो । नारायणगोपाल सङ्गीत कोषका महासचिव उषा शेरचनले पोखरा बसाइका उनका तस्बिरहरु खोजिने बताउनुभयो ।

सङ्ग्रहालयले यसअघि लौहपुरूष गणेशमान सिंह, जननेता मदन भण्डारी र जननायक बिपी कोइरालाका तस्बिर प्रदर्शन गरिसकेको छ । आगामी दिनमा गोरखा भूकम्प, गिरिजाप्रसाद कोइराला र औद्योगिक क्षेत्रसँग सम्बन्धित तस्बिर प्रदर्शनीमा राखिनेछ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter